सत्तारुढ दल नेकपामा यस समय आन्तरिक खिचलो चलि रहेको बेला चिनियाँ राजदूत होउ यान्छीले नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् ।सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा प्रचण्डलाई भेट्न राजदूत यान्छी पुगेकी थिइन् । प्रचण्ड र राजदूतबीच के कस्तो कुरा भयो यो खुलाइएको छैन ।
गत महिनाहरुमा पनि नेकपाभित्र विवाद चर्किएका बेला चिनियाँ राजदूतले देखाएको सक्रियताले नेपाली राजनीतिक वृत्तमा निकै चर्चा पाएको थियो ।र हालसाल लै फेरी राजदूत यान्छीले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेकी छन् । उनले मंसिर २ गते साँझ प्रधानमन्त्री ओलीलाई बालुवाटारमा गएर भेटेकी थिइन् ।
प्रधानमन्त्री ओली र यान्छीबीच भेट भएको लगतै अर्को दिन बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले १० दिनको समय मागेपछि बैठक १३ गतेसम्मका लागि स्थगित भएको छ ।अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको १९ बुँदे प्रतिवेदनको जवाफ दिन ओलीले समय मागेका थियो ।
सचिवालय बैठक स्थगित भए पनि नेकपाको विवाद समाधानतिर जानुको साटो झन् उत्कसमा पुगेको देखिएको छ । यहिबेला राजदूत यान्छीले प्रचण्डलाई भेटेकी हुन् ।चिनियाँ रक्षा मन्त्री वेइ फेङहे अर्को साता काठमाडौं आउँदै छन् । उनी मंसिर १४ गते काठमाडौं आउने कार्यक्रम रहेको छ ।
**********यस समाचारको पुरा भीडीयो लिंक तल रहेको छ*************
प्रतिकृया दिनुहोस्