Saturday, February 27

किन अचानक बन्द भयो राष्ट्रपति कार्यालयको ट्विटर?

October 29, 2020 135

राष्ट्रपति कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट बन्द गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीकाप्रसाद ढकालले बताएका छन्।

उनका अनुसार ‘प्राविधिक समस्या’का कारण @ShitalNiwas ट्विटर ह्यान्डल अचानक बन्द गर्नुपरेको हो।

ढकालले ट्विट गरेका छन्, ‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’

प्रकाशित: १२ कार्तिक २०७७ १८:१८ बुधबार
source: nagariknews

प्रतिकृया दिनुहोस्