सोमबार सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दैै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताएका हुन् ।
काँग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा नेपाली काँग्रेस रहने उनले भने । नेकपा भित्रको झगडामा काँग्रेसको कुनै सरोकार नरहेको रपार्टी सभापतिले प्रधानमन्त्रीलाई भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन भनि बतायको थियो ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावना विपरीत काम गर्दै आइरहेको आरोप लगाएका थियो ।
*************यस समाचारको पुरा लिंक तल रहेको छ हेर्नुहोस ************
प्रतिकृया दिनुहोस्