October 29, 2020 578
पोखरामा निमार्णधीन राष्ट्रिय गौरव अन्तर्गतको अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भएको छ। कोरोना महामारीको समयमा समेत आयोजनाको कामले निरन्तरता पाइरहेको छ।
‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ तर्फ गरी ६५ प्रतिशत काम सम्पन्न भएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना प्रमुख इञ्जिनियर विनेश मुनकर्मीले बताए।
आयोेजना प्रमुख मुनकर्मीका अनुसार धावनमार्ग (रनवे), ट्याक्सी मार्ग, एप्रोन, आइसोलेटेड पार्किङ तथा ह्याङ्गर एप्रोनको काम सम्पन्न भइसकेको छ।
जसमध्ये चिनियाँ मजदुर १८० तथा नेपाली ९० जना मजदुरले विमानस्थलको काम गरेको उनले बताए। इक्युपमेन्टको काम चार महिनामा सकिने उनले बताए।डिसेम्बर भित्र सामान आए काम समयमा सम्पन्न हुने र सन् २०२१ जुलाई भित्रनै विमानस्थलको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको बताए।


source :nagariknews
प्रतिकृया दिनुहोस्