Tuesday, January 26

“एक जो’डि जं’गल मा ए’स्तो कार्या ग’र्दा ग’र्दै प’क्राउ ! भिडियो भयो भा’ईरल,,, कृपया हेर्न नछुटाउनु होल (भिडियो सहित)”

November 24, 2020 118

काठमान्डौँ । उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ । उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र । त्यो एक रात अनि एउटाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि ।

फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै उनि मेरो र म उनको भइसकिएको थियो । उनका तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि । माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर ! उनले आज के लेखे ? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के म्यासेज लेखे ? बस यहि खुल्दुलीमा २ दिन बितेका थिए । हिउदको बेला तराईमा खासै बर्सात हुदैन, तर त्यो समयमा भने लगातार ३ दिनसम्म पानी पर्यो, बिजुलीका पोलहरु ढले, टेलिफोन सेवा अवरुद्ध भयो ।

कहाँ के – कति क्षति भयो जानकारी लिन रेडियो सम्म थियो घरमा, लाईट नभएकाले टेलिभिजन चल्ने कुनै सम्भावना थिएन । दियोको सहाराले सबै काम सकेर खाना खाईवरी आफ्नो ओछ्यानमा पल्टिएको मात्र थिए झलल बत्ति आयो । २ दिनदेखि बन्द मोबाइल चार्ज गर्न मलाई चपेटो नै पर्यो ।

मोबाइल चार्जमा राखेर फेसबुक खोले, म्यासेन्जरमा ९९ प्लस म्यासेज भनेर रेडक्रसको जस्तो रातोप्ल्स देखाएको रहेछ । मैले अरुको म्यासेज हेर्ने कुरै भएन, हेरुँ पनि किन रु उनको म्यासेज गनेर साध्य थिएन, अन्तिम म्यासेजबाट पढ्न सुरु गरे, उनको अन्तिम सन्देश यस्तो थियो । ‘तिमी कुन अवस्थामा छौ मलाई कुनै जानकारी छैन, तिम्रो बस्तीमा बाढी पसेको खबर संचारमाध्यममार्फत थाहा पाए । काली तिमी छिट्टै अनलाइन आउ न, म ४८ घण्टादेखि तिम्रै प्रोफाइल हेरेर बसेको छु ।’

मैले तत्काल रिप्लाई गरे, कालु म सकुशल छु चिन्ता नगर।उनले लेखे, ‘ओहो१ तिमी आयौ प्यारी, सर्वप्रथम मलाई तिम्रो अंगालो चाहियो आज तिमी मसँग नै छौ भन्ने कुराको आभाष गर्न चाहान्छु । यो ४८ घण्टा कति कठोरतापुर्वक बिताए मैले, यस्तो लाग्यो वर्षौंदेखी एक अर्काको भएर बाचेका हामी आज एक्कासी तिमी टाढा हुँदा म नितान्त एक्लो, पागलजस्तै बने ।’

प्रतिकृया दिनुहोस्