Thursday, April 15

“‘बालुवा’टार’को ५० बिघा जग्गा ह’डप्ने फरार नेकपा’का ने’ता रेव’त राज पु’री पक्राउ”

November 24, 2020 197

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य रेवतराज पुरी पक्राउ परेका छन्। सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले पुरीलाई नियन्त्रणमा लिएको हो।

विभाग श्रोतका अनुसार झापाको दमकस्थित बालुवाटार जग्गा हडप्ने पुरी बयानका लागि उपस्थित भएका बेला उनी पक्राउ परेका हुन्। पुरीलाई १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइने विभागले बताएको छ।

यसअघि, पुरीले २०७६ चैत ७ गते जिल्ला अदालत झापामा हाजिर भएका थिए। जिल्ला सरकारी वकिल कार्यालयले सरकारी छाप दस्तखत कीर्तेमा मुद्दा अभियोजन गरेको पाँच दिनपछि पुरी अदालतमा आत्मसमर्पण गरेका थिए।

झापा दमक नगरपालिका–८ (साबिक–१३ र १४) को ३० बिघा बढी सरकारी जग्गा पुरीले कीर्ते गरेर आफ्नो नाममा ल्याएको अभियोगमा अदालतले उनलाई त्यही दिन १ लाख ८० हजार धरौटीमा रिहा गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय झापाले सरकारी जग्गा कीर्ते गरी आफ्नो नाममा ल्याएको अभियोगमा पुरीलाई मुख्य व्यक्ति किटान गरेर ‘दमक बालुवाटार जग्गा घोटाला’ अदालतमा पु¥याएको थियो।

प्रहरीले बालुवाटार जग्गाको अनुसन्धान सकेर प्रारम्भिक राय बुझाएको थियो। पुरी उनका आफन्त, नापी तथा मालपोत कर्मचारीसहित २२ जनालाई सरकारी छाप दस्तखत कीर्तेमा विपक्षी बनाइएको थियो। मुद्दा दर्तासँगै बालुवाटार प्रकरण अदालतको नियमित कार्यसूचीमा प्रवेश गरेको प्रारम्भिक चरणबाटै पुरी धरौटी बुझाएर छुटे।

नेकपा नेता पुरीका विषयमा खोजमूलक समाचार लेखेका पत्रकार खिलानाथ ढकालका अनुसार पुसमै पक्राउ पुर्जी जारी भएका पुरी पक्राउबाट छलिँदै आएका थिए। उनले हडपेको जग्गा २ लाख ८ हजार ७ सय ६६ दशमलब १५ वर्गमिटर (३० बिघाभन्दा बढी) छ। उनले आफन्त देवकुमार पुरी, मनमाया पुरी, केशावती पुरी, भूमिका कोइराला, रमेश ढकाल र रमेश गिरीको नाममा हडपेर बेचबिखन गरेको देखिएको हो।

प्रहरीको अनुसन्धान अनुसार दुई नम्बर नापी टोली चन्द्रगढी र नापी कार्यालय दमकका कर्मचारीको मिलेमतोमा पुरीले सरकारी जग्गा हडपेका छन्।

प्रतिवादीमध्ये पुरी परिवारका सबै सदस्य दमक नगरपालिका(६ का हुन्। कोइराला वडा नम्बर ८, ढकाल ललितपुर उपमहानगरपालिका–१३ जावलाखेल र गिरी झापा दमक–३ गोलाटारका हुन्।

आरोपी देवकुमार रेवतराजका दाजु, केशावती श्रीमती, मनमाया दिदी र भूमिका कोइराला नेकपा झापा जिल्ला सदस्य हुन्। ढकाल पुरीका चिनजानका व्यवसायी हुन्। गिरी लेखापढी व्यवसायी हुन्।

आरोपितहरूलाई सरकारी बिगो २ करोड ६९ लाख ५५ हजार ५ सय ८१ रूपैयाँ बिगो कायम गरिएको छ। यो बिगो जग्गाको प्रचलित बजार मूल्यभन्दा ‘नगण्य’ हो। बालुवाटार जग्गाको बजार मूल्य अहिले प्रतिकठ्ठा ३० लाख रूपैयाँभन्दा माथि छ।

पुरीले उक्त जग्गा आफू, आफन्त र नातेदारको नाममा ल्याई विभिन्न व्यक्तिहरूलाई बेचबिखन गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी अनुसन्धानमा उक्त जग्गा १ सय ४८ जना व्यक्तिलाई नामसारी तथा बिक्री गरेको देखिएको छ।

source:nepalipublic

 

प्रतिकृया दिनुहोस्