Thursday, November 26

आज राशिफल : वि.सं.२०७७ साल कार्तिक१३ कार्तिक २०७७, बिहिवार/ईश्वी सन् 2020 अक्टोबर 29 तारिख

October 29, 2020 128

आज वि.सं.२०७७ साल कार्तिक १३ गते बिहीबार तदनुसार ईश्वी सन् २०२० अक्टोबर २९ तारिख, नेपाल संवत् ११४०, प्रमादी संवत्सर, दक्षिणायन, शरद ऋतु, श्रीशाके १९४२, आश्विन शुक्लपक्ष त्रयोदशी तिथि २३ घडी ०१ पला दिउसो ०३ बजेर २५ मिनेट उप्रान्त चतुर्दशी, उत्तरभाद्रपदा नक्षत्र १७ घडी ४३ पला दिउसो ०१ बजेर १८ मिनेट उप्रान्त रेवती, हर्षण योग ५५ घडी ५५ पला रातको ०४ बजेर ३५ मिनेट उप्रान्त बज्र, तैतिल करण दिउसो ०३ बजेर २५ मिनेट उप्रान्त गर रातको ०४ बजेर २४ मिनेट उप्रान्त वणिज, आनन्दादिमा छत्र योग, चन्द्रमा मीन राशिमा, काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २० मिनेट, दिनमान २७ घडी ४७ पला, पञ्चक, अर्घाखाँचीमा सराय पर्व।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ। बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ। लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ। स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ। घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन्। पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ। उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ भने नयाँ काम पाउँने तथा नोकरिका पदोन्नति हुने योग रहेको छ। राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ। सामाजिक काम गर्ने अवसर जुर्ने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ। पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ। पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ। अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ। धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ। प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुने काम अगाडि बढाउन सकिनेछ। मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ। भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न। खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ। माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ। पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ। उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ। माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ। लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ। गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ भने आय आर्जनमा स्रोतहरु बढ्नेछन्। वादबिवाद तथा प्रतिश्पर्धामा तपाईँकै जित हुनेछ। मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन्। माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ। स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यावसाय फस्टाउनेछ भने परोपकारजन्य सामाजिक काममा अभिरुचि बढ्नेछ। आकस्मिक भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ भने बाधा अवरोधहरु स्वत हटेर जानेछन्। शेयर बजार तथा सट्टाको व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ। बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट्टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन्। राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ। व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ। पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ। आर्थिक अवस्था राम्रो हुने हुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ। दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ। पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ। पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ। शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ। व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ। राजनितिक सभा समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ। अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ। आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ।

प्रतिकृया दिनुहोस्