Wednesday, December 2

एक पछि अर्को जटिलता थपिदा, प्रचण्ड र ओलि फुट्ने तिब्र स’म्भावना…हेर्नुहोस्।

October 29, 2020 169

काठमाडौं : स,त्तारुढ नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) पुनः वि,वादमा अल्झिएको छ । पार्टीभित्र बढ्दो विवादसँगै को,रोना महा,मारीको बहानामा कात्तिक १५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठक पनि अ,निश्चित भएको छ ।

नेकपामा यतिवेला भित्र-भित्रै अधिकारकै बाँडफाँटको कुरालाई लिएर भुसको आ,गो जसरी वि,वाद बढ्न थालेको छ । भदौ २६ गते सकिएको नेकपा स्थायी कमिटी बैठकले कात्तिक १५ गतेदेखि १७ गतेसम्मका लागि केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो।

यसलाई सचिवालय बैठकले पनि अनुमोदन गरेको थियो । तर, अध्यक्षद्वयबीच पुनः चिसोपना बढेपछि नेकपाको ठूलो इकाई केन्द्रीय कमिटी अ,निश्चित जस्तै बनेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफू अल्पमतमा पर्ने भयका कारण बैठक अ,निश्चित पारेको अर्का अध्यक्ष पुष्पकमल दाहाल नि,कटहरु बताउँछन् ।

अध्यक्ष ओली को,रोना म,हामारीलाई देखाउँदै बैठक नबोलाउने पक्षमा उभिएका छन् । दुई अध्यक्षबीच अधिकार बाँडफाँटकै विषयमा पुनः वि,वादका रेखाहरु कोरिन थालेका छन् । सरकार र पार्टीबीच कतिपय विषयमा भिन्न मत रहेका छन् ।

वक्तव्यबाजी पनि चल्न थालेको छ । पछिल्लो प,रिस्थितिमा पुनः अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालहरु एक ठाउँमा देखिएका छन् । प्रधानमन्त्रीले असोज १५ गते रा,जदूत सिफारिस र मुख्यसचिव नि,युक्त गरेपछि नेकपामा पुनः विवाद चर्कियो । त्यसैबेला बोलाइएको सचिवालय बैठक अ,निश्चित बन्यो ।

बल्लतल्ल असोज २० गते बोलाइएको सचिवालय बैठकले ठोस निर्णय गर्न सकेन । अध्यक्षद्वयलाई मन्त्रिमण्डल पुनर्गठनका लागि म्यान्डेट दिइएपनि कुरा नमिलेपछि प्रधानमन्त्री ओलीले एकलौटी ढंगबाट मन्त्री नि,युक्ति र जि,म्मेवारी हेरफेर गरेका थिए ।

यहाँबाट अध्यक्षद्वयबीच वि,वाद चुलियो । त्यस लगतै कर्णाली प्रदेशमा पूर्वमाओ,वादी नेता रहेका महेन्द्रबहादुर शाहीलाई ओली नि,कट नेता यमलाल कँडेलको नेतृत्वमा अ,विश्वासको प्रस्ताव दर्ता गरेपछि दुई अध्यक्षबीचको वि,वाद सतहमा देखियो ।

दुबै अध्यक्षले फरक–फरक निर्देशन जारी गर्दै पत्राचार नै गरे । अध्यक्ष ओलीले मुख्यमन्त्री शाहीलाई प्रमुख सचेतक हटाउने लगायतका निर्णय नगर्न पत्राचार गरे भने अध्यक्ष दाहालले कँडेल समूहलाई अ,विश्वासका प्र,स्ताव फिर्ता लिन निर्देशन दिए ।

यो वि,वाद जारी रहँदै गर्दा पर्सा विन्दवासीनी गाउँपालिकामा पा,र्टी कमिटी सदस्यहरुबीचको झडपमा वडा सचिवको मृ,त्युपछि कार,वाही गर्न अध्यक्ष दाहालले सरकारसँग माग गरेको पत्र सार्वजनिक भयो ।

पछिल्लो पटक आइपुग्दा भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई प्रधानमन्त्रीले भेट गरेकोमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नै अ,सन्तुष्टि जनाए । यसले पनि अध्यक्षद्वयबीचको बढ्दो वि,वादलाई थप मलजल ग-यो ।

अहिले अध्यक्षद्वयबीच छलफल नै हुन नसकेको दुबै पक्षले उल्लेख गरेका छन् । अध्यक्षद्वयबीचको वि,वादले केन्द्रीय कमिटी बैठक मात्र होइन, एकताको महाधिवेशन नै प्र,भावित हुने नेकपावृत्तमा चर्चा रहेको छ ।

प्रतिकृया दिनुहोस्