Saturday, October 16

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती

January 31, 2021 548

भारी गहना नलगाउनुहोस्ः

साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ।

ब्लाउजको फिटिङः

साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै टाइट ब्लाउजले तपाईंको लुकलाई बिगार्न सक्छ।

सही स्थानमा साडी बाँध्नुहोस्ः

साडी कहिले पनि कम्मरभन्दा निकै माथि र निकै मुनी नलगाउनुहोस् । यसो गर्दा हाम्रो उचाई कम देखिनसक्छ।

सही जुत्ताको छनोटः

साडीमा जुत्ता देखिँदैन भनेर मानिसहरुले साडी लगाउँदा जुत्तामा खासै ध्यान दिँदैनन् । तर साडीको रङसँग मिल्दोजुल्दो जुत्ता वा न्यूड रङको जुत्ता लगाउनुहोस् ।

मुजामा ध्यान दिनुहोस्ः

साडीमा सहज महसुस गर्नका लागि साडीको मुजामा विशेष ध्यान दिनुहोस् । मुजा धेरै पनि बनाउनु हुँदैन र थोरै पनि हुनु हुँदैन। साडीको पूरा लुक मुजाबाट नै आउने गर्छ।

प्रतिकृया दिनुहोस्