Friday, February 26

नाकको छेउमा कोठी हुने व्यक्ति रहस्यमय, अरू ठाँउमा हुने कस्ता ? जान्नुहाेस्

January 31, 2021 105

सबै मानिसको शरीरमा काेठी हुन्छ। शास्त्रका अनुसार काेठि नभएकाे मान्छेले याे संसारमा जन्म लिन सक्दैन् भन्ने मान्यता रहेकाे छ । गोरो अनुहारमा कालो कोठीले थप सुन्दरता निखारेर ल्याउँछ । तर कमैलाइ मात्र थाहा हुन्छ कि कुन अंगमा कोठी हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ।

यस बारेमा जान्नुहाेस्ः

भनिन्छ आँखाको तल कोठी हुनेहरु यस्ता व्यक्ति प्रेममा पागल हुन्छन् र धेरै सहयोगी जनि हुन्छन् ।
औँलामा कोठी भएका व्यक्तिहरु कार्यकुशल र न्याय प्रिय हुन्छन् ।
चोर औँलामा कोठी हुने व्यक्ति विद्दवान, गुणवान र धनवान हुन्छन् भने यिनिहरुका शत्रुहरु भने धेरै हुन्छन्।

दायाँ आँखाको कुनामा कोठी हुनेहरु अलि भावुक र दृढ स्वभावका हुन्छन् ।
माझि औँलामा कोठी भएकाहरु व्यक्तिहरुको जिवन शान्ति र सुखमय तरिकाले बित्छ ।
आँखाको तल नाकको छेउमा कोठी हुने मान्छे रहस्यमय हुन्छ र त्यस्ता व्यक्तिलाई बुझ्न गाह्रो हुन्छ ।

यदि कुनै मान्छेको नाकको फेदका कोठी छ भने त्यस्ता व्यक्ति कल्पनाशिल हुन्छन् र तिनिहरुको काम गर्ने शैली रचनात्मक हुन्छन् ।
जसको देब्रे आँखामा कोठी हुन्छ, तिनिहरु झगडा गर्न तम्सिने र प्रेम पाउँन अपराध समेत गर्ने हुन्छन्।

प्रतिकृया दिनुहोस्