Friday, February 26

छोरी बोकेर स्मीता बुवासंग भारत गइन्, राहुल पनि पल्टन फर्कने तयारीमा (भिडियो हेर्नुस्)

February 6, 2021 1137

काठमाडौ । गोरखामा भएको एउटा घटनाले अहिले सामाजिक सञ्जालमा निकै चर्चा पायो । स्मीता र राहुलको घटनामा सबैले चाहे अनुसार पुनर्मिलन भयो । उनीहरुले समाजको पर्वाह नगरेर एक अर्कालाई साथ दिने निर्णय गरे । स्मीताले अन्जानमै गरेको गल्तीले उनीहरुको सानो छोरीलाई आमा र बुवा दुवैजनाको माया पाउने अधिकारवाट बञ्चित गर्नु हुँदैन भन्ने सहमतिका साथ उनीहरु फेरी एक भए ।

स्मीता हराएको एक महिना पछि उनी काठमाडौ स्थित एक होटलमा एक पुरुषका साथ फेला परेकी थिइन् । ति पुरुषले स्मीतालाई ललाई फकाई वेच्न लैजान लागेको कुरा थाहा पाएपछि स्मीताले आफ्ना श्रीमानलाई छोडेर गल्ती गरेछु भन्ने अनुभव भयो । त्यसपछि उनले माफी मागिन् । तर समाजले फेरी आफुहरुको पुनर्मिलन स्वीकार गर्न नसक्ने भएकाले सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका थिए ।

श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए । तर जतिजति दिन र रात बित्दै गयो त्यति त्यति राहूललाई स्मीताको मायाले सताउँदै गयो । अन्ततः उनले समाजले र कानूनले बनाएको कागजको टुक्रालाई भन्दा बढी प्राथमिकता आफ्नै श्रीमती स्मीतालाई नै दिए । र पुनहः स्मीताको सिन्दुरमा सिउँदो भरिदिए । यसैबिच हिजै स्मिता छोरी युनालाई बोकेर आफ्नो माईती भारत गएकी छिन् ।

भारतवाट स्मीताको बुवा पनि आएका थिए । उनले स्मीता र नातिनीलाई लिएर भारत गएका छन् । स्मीताको माइती भारतमै हो । स्मीताको बुवाले अब आफ्नो छोरीवाट कुनै गल्ती नहुने र त्यस्तो वातावरण हुन नदिने प्रतिवद्धता जनाएर नातिनी र छोरीको जिम्मा लिएका छन् । उता राहुल पनि अब पल्टनमा फर्कने तयारीमा छन् । उनले स्मीताको खोजीका लागि धेरै समय नेपालमै बिताएका थिए ।

प्रतिकृया दिनुहोस्