काठमाडौं । सपना रोकामगरले कानून हुँदाहुँदै आफूले बोलेर हिँड्नु पर्ने आवश्यकता नभएको बताएकी छन् । आफूलाई अन्य व्यक्तिसँग जोडेर सामाजिक सञ्जालमा भइरहेको टिकाटिप्पणीका विषयमा कुरा गर्दै उनले ती विषयमा आफूले बोलिरहनु पर्ने आवश्यकता नभएको बताएकी हुन् ।
उनले आफूलाई अरु कसैसँग जोडेर टिकाटिप्पणी नगरिदिन आग्रह समेत गरेकी छन् । उनले भनिन्, ‘देशमा कानून छ । दोषी कानूनले प्रमाणित गर्ने कुरा हो । यसमा म बोलेर कसैको मन दुखाउन, कसैसँग नराम्रो हुन चाहन्न ।
जे गर्छ कानूनले गर्छ । कृपया तपाइँहरु पनि यस्ता नकारात्मक टिप्पणीहरु नगरिदिनुहोला ।’उनले आफूले हिँजोको धरातल नबिर्सिएको समेत बताइन् ।
उनले भनिन्, ‘धेरैले सपनाले हिँजो जहाँबाट आइ त्यो ठाउँ बिर्सि, आफ्नो धरातल बिर्सि भनिरहनु भएको छ ।मैले मेरो धरातल बिर्सिएकी छैन । म आफू यो ठाउँसम्म आउन जुन संस्थाको सहायता छ म त्यो संस्थाप्रति आभारी छु । मैले त्यो संस्था किन छोडे भनेर सबै कुरा बाहिर आइसकेको छ । यसबारेमा म केही बोल्न चाहन्न ।’
प्रतिकृया दिनुहोस्