Saturday, October 23

काजु बदाम खाने गर्नुभएको छ भने रहनुहोस् होसियार,यस्ता गल्तीले निम्त्याउँछ स्वास्थ्यमा गम्भिर समस्या

February 10, 2021 914

काठमाडौं- हामी प्राय सुन्ने गर्दछौं कि ड्राइ फ्रुट म त सधै जसो खान्छु । कति सम्म खादा यसले स्वास्थ्यमा फाइदा पुर्याउछ के पताईहरु ले कहिले यसको मात्रा मापन गर्नू भएको छ ? अमृत पनि खान नजान्दा विष बन्छ त्यस्तै हरेक खाने कुराको मात्रा नजान्दा स्वास्थ्यलाई हानीकारक साबित हुन सक्छ ।

सहि मात्रामा ड्राइ फ्रुट खानु स्वास्थ्यका लागि धेरै राम्रो मानिन्छ । ड्राइ फ्रुटमा कार्बोहाइड्रेट थोरै र प्रोटिन बढी भएको हुनाले मधुमेह, उच्च रक्तचाप र मुटुरोगीहरुको लागि फाईदाजनक मानिन्छ । साथै ड्राइ फ्रुटलाई मुटुको लागि राम्रो मानिन्छ ।

ड्राइ फ्रुटमा प्रशस्त एन्टिअक्सिडेण्ट पाइन्छ, जसले रोग निरोधक क्षमता बढाउछ । ड्राइ फ्रुटमा पाइने असंतृप्त फ्याटले ह्दयाघात तथा अन्य रोगहरुबाट बचाउछ । तर यस्ता ड्राइ फ्रुट दैनिक मायसको मात्रामा मात्र खनाु पर्छ अन्यथा क्यालोरी धेरै भएकोले तौल बढ्न र यसले अन्य बेफाइदा पनि गर्नसक्छ ।त्यसकारण हामीले ड्राइ फ्रुट दैनिक १ देखि २ मुठी वा १ देखि ८ वटा सम्म खाएमा स्वस्थकर मानिन्छ ।

(मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलसँगको कुराकानीमा आधारित )

प्रतिकृया दिनुहोस्