काठमाडौँ । रामायण, महाभारत, गरुड पुराण आदी ग्रन्थमा केही यस्ता काम बताइएको छ, जुन काम गर्दा आफैमाथि समस्या थपिने गर्दछ।
जुन कुरा वर्जित गरिएको छ, त्यस्ता काम गर्दा कयौँ प्रकारका समस्याको सामना गर्नु पर्ने हुन्छ। आज हामी तपाईमा शास्त्रमा उल्लेख गरिएका गर्न नहुने कामका बारेमा जानकारी दिदैछौँ।
सन्तानको वेवास्ता गर्नु
यदी कोही व्यक्तिले आफ्नो सन्तानको पालन पोषणमा ध्यान दिदैन् भने यसका सन्तान बिग्रिने गर्दछन्। सन्तान संस्कारी भएनन् वा गलत बाटो अप्नाए भने समाजमा अपमान सहनु पर्दछ।
जब घरमा अभिभावकले सन्तानको वेवास्ता गर्छन्, तब सन्तानले गलत काम गर्द थाल्दछन्। त्यसैले सबै अभिभावकले सन्तानको राम्रो हेरचाह गर्नु पर्दछ। महाभारतमा महाराज धृतराष्ट्र यस कुराको उदाहरण हुन्। सन्तान संस्कारी नभएमा पूरै परिवारको नाश हुन सक्दछ।
लोभ लालच गर्नु
जुन व्यक्ति धनी छन्, तर घर परिवारको आवश्यकतामा खर्च गर्दैनन्, धनको लोभ गर्छन, त्यस्ता व्यक्तिलाई समाजमा सम्मान प्राप्त हुँदैन्। यस्ता व्यक्तिले धनको लोभमा गलत काम गर्न समेत पछि नहट्ने खालका हुन्छन्।
धन अभाव हुँदाहुँदै दान गर्नु
जुन व्यक्तिले आफ्नो आयभन्दा अधिक खर्च गर्दछन् वा अधिक दान गर्दछन्, त्यस्ता व्यक्तिले कयौँ प्रकारका समस्याको सामना गर्नु पर्ने हुन्छ।
आफ्नो आम्दानीभन्दा बढी दान गर्दा धनको अभाव हुन्छ र परिवार संकटमा फस्दछ। जसकारण समाजमा अपमान सहनु पर्दछ। त्यसैले दान गर्दा आफ्नो आम्दानी भन्दा कम गर्नु पर्दछ।
दुष्ट व्यक्तिसँग संगत गर्नु
राम्रो र नराम्रो संगतको प्रभाव हाम्रो जीवनमा पर्ने गर्दछ। यदी हाम्रो संगत गलत व्यक्तिसँग भयो भने उसको कारण आफूले अपमान सहनु पर्दछ। त्यसैले नराम्रो संगतसँग बच्नु राम्रो मानिन्छ।
दोस्रो व्यक्तिको अहित सोच्नु
जुन व्यक्तिले आफ्नो आफ्नो स्वार्थका लागि दोस्रो व्यक्तिको अहित सोच्छ, त्यस्ता व्यक्तिले पछि भयंकर अपमान सहनु पर्दछ। यस्तो काम गर्दा आफू सहित परिवारले समेत नोक्सान र अपमान भोक्नु पर्दछ। त्यसैले आफ्नो स्वार्थका लागि कहिलै अरुको कुभलो सोच्नु हुँदैन्।
प्रतिकृया दिनुहोस्