Saturday, October 23

गर्धनको कालोपन नहटेर समस्यमा हुनुहुन्छ ? तपाईको किचनमा नै छ यसको समाधान !

February 10, 2021 646

काठमाडौँ । हामी सबैलाई आफ्नो सौन्दर्य कायम राख्न मन पर्छ। कहिले काही हाम्रो गर्धन वा शरीरका विभिन्न भागमा देखिएको कालोपनाले हामीलाई चिन्तित समेत बनाउछ। खास गरेर गर्धन वा कुईना जस्ता भागमा कालोपना आउने गर्दछ। आज हामीले तपाईको शरीरमा देखिएको कालोपना हटाएर सौन्दर्य फर्काउने विधिन्न उपायका बारेमा चर्चा गर्दैछौँ।

बनाउने विधि
कागती एउटा कागतीलाई गोलो तरिकाले ५ टुक्रा गरेर काटनुहोस्। त्यसपछि आधा कचौँरा दुध लिनुहोस्। त्यसपछि अघि काटेको कागतीलाई दुधमा डुबाउनुहोस्। त्यसपछि तपाईले बेकिंग सोडा लिनुहोस्। त्यसपछि आधाचम्चा भन्दा कम बेकिंग सोडा उकत दुध र कागतीमा राख्नुहोस्। त्यसपछि तपाईले त्यसलाई राम्रोसँग पिट्नुहोस्। त्यसपछि तपाईले उक्त दुधलाई करिब २० मिनेट छोडिदिनुहोस्

कपालमा चायाँ लठ्ठिएर दिक्क हुनुभएको छ ? छुटकारा पाउन यी घरेलु उपायहरु अपनाउनुहोस् !

काठमाडौँ । व्यक्तिमा चाँयाको समस्या हुन्छ । यसको उपचार गर्नका लागि विभिन्न उपायहरु अपनाउने गरिन्छ । कुनै पनि उपायको वास्तविक कारण नजानी गरिने उपचारले कपाल झनै विगार्ने गर्छ ।चाँयाको मुख्य लक्षण कपाल झर्ने र चिलाउनु हो । यो समस्या कपालमा हुने मृत कोशिकाहरुबाट पैदा हुन्छ । विशेषज्ञका अनुसार यो समस्या ती व्यक्तिहरुलाई धेरै हुन्छ जो कपाललाई सही ढंगले सफा गर्दैनन् ।

यसका साथै, तेलको कमी, तनाव, हर्मोनको समस्या, खानपान जस्ता पोषक तत्वको अभाव साथै बारम्बार पानी परिवर्तन गर्दा पनि चाँया पर्न सक्छ ।१।तिल र कपूरको पेस्ट स् कपूरको प्रयोग प्रायः पूजाको सामाग्रीमा प्रयोग गर्ने गरिन्छ । तर, हप्तामा एकपटक तिलमा कपूर मिसाएर बनाएको पेष्ट कपालमा लगाउँदा चाँयाको समस्या कम गर्छ ।

२.ग्रीन टीबाट बनेको पेस्ट: शरीरको तौल फिट रहनका लागि ग्रीन टी निकै फाइदाजनक हुन्छ । तर कपालमा राम्रोसँग स्याम्फु गरिसकेपछि हप्तामा २ वा ३ पटक ग्रीन टीको ब्याग कपालमा राखेर मसाज गर्दा कपाललाई निकै लाभ पुग्छ र चाँया हराउँछ ।

३.प्याजको रस : स्वाद बढाउन प्रयोग गरिने प्याजबाट रस निकालेर कपालमा मासिल गर्दा चाँयाबाट मुक्ति मिल्छ । प्याजको रस बनाएर कचौरामा राख्ने र औँलाको सहायताले कपालको जरामा लगाउने र सुकेपछि पखाल्ने गर्दा कपालको सुख्खापन हराउँछ ।

४.चुकन्दरको पेस्ट: चुकन्दर सामान्यतयाः सलादको रुपमा प्रयोग गरिन्छ । तर यसको पेष्ट कपालको लागि निकै फाइदाजनक हुन्छ । यसको पेस्ट लगाउँदा कपालको जरामा हुने सुख्खापन हराउँछ । चुकन्दर पिसेर कपालमा लगाउने र २० मिनेटसम्म राख्ने र पेस्ट सुक्न दिने । त्यसपछि कपाल राम्रोसँग धुने । यसले कपालको जरामा हुने सबै समस्या कम हुन्छ ।

५.नीम र दहीको पेस्ट: नीमको सेवले रगत सफा हुन्छ । तर, दहीमा नीमको पातको पेस्ट बनाएर कपालमा लगाउँदा कपाल झर्न कम हुन्छ भने छिट्टै कपाल फुल्ने समस्या पनि कम हुन्छ । साथै, चाँया पनि हराउँछ ।

प्रतिकृया दिनुहोस्