काठमाडौं, २८ माघ । प्रचण्ड– माधव समूहको विरोध जुलुस शुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्धमा प्रचण्ड-माधव समूहले बुधबार विरोधसभा आयोजना गरेको हो ।
विभिन्न ठाउँबाट कमान्डर सहितको जुलुस काठमाडौंको भृकुटीमण्डपमा भेला हुने क्रम जारी छ । असंवैधानिक कदम सच्याउनु पर्ने माग गर्दै आन्दोलनरत प्रचण्ड–माधव समुहले सरकारविरुद्ध आज दोस्रोपटक शक्ति प्रदर्शन गरेकाे हाे । गत पुस १४ गते पनि सोही ठाउँमा प्रचण्ड-माधप समूहले विरोधसभाको आयोजना गरेको थियो ।
प्रचण्ड-माधव समुहको आज पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निस्किएकाे छ । सबैतिरका जुलुस मँल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदयमोड हुँदै प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समँहमा विभाजित भएको छ ।
प्रतिकृया दिनुहोस्