Thursday, February 25

यी ४ राशि भएकाले कमाउँछन् धन, तपाईंको कुन राशि ?

February 14, 2021 2092

धनसम्पति आर्जन गर्नका लागि मेहनत गर्नुको विकल्प छैन । कुनै काममा लगनशिलताका साथ लाग्दा धन आर्जन हुन्छ । कुनै नयाँ खालको काम वा त्यसलाई तपाईले दिएको महत्वले तपाईको कामबाट कमाइ हुने कुरा निर्धारण हुन्छ ।

तर हिन्दू धर्म शास्त्रका अनुसार धनी बन्न वा पैसा कमाउनका लागि व्यक्तिको भाग्यमा भर पर्छ ।

तपाईको भाग्य राम्रो छ भने तपाईले सजिलै धन आर्जन गर्न सक्नुहुन्छ । तर यदी तपाईको भाग्यमा छैन भने जति मिहेनत र लगनशिता भएपनि तपाइको काम बन्ने छैन ।

जन्म सयम, स्थानका आधारमा व्यक्तिको राशी, उसको कुण्डली तयार हुन्छ ।

व्यक्तिको जन्मसमय अनुसार उसमा ग्रहहरुको प्रभाव रहने गर्छ ।

ज्योतिष शास्त्र अनुसार केही राशी भएका व्यक्तिले सजिलै धन कमाउन सक्छन् ।

१२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिन्छ । यी ४ राशिका ब्यक्तिले धेरै नै सम्पति कमाउँन सक्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ ।

वृष राशि

वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ ।

औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनिहरुलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

वृश्चिक राशि

धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ ।

ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन । दृढ निश्चयी भएका कारणले पनि सम्पति कमाउने मामलामा वृश्चिक राशिका ब्यक्ति आफै पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ ।

कर्कट राशि

कर्कट राशिका जातकलाई धन, सम्पति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका ब्यक्ति अवसरका खोजिमा हुन्छन् । जहाँ उनिहरुको रहर पूरा गर्न राशि नै सारथी बनिदिन्छ ।

कर्कट राशिलाई स्वभावत स् धनी बनाउन उनिहरुको आकांक्षा र भाग्य बलियो हुने गर्दछ । यी राशिका ब्यक्ति जग्गाजमिनको कारोबारबाट चाडैं धनि बन्ने गर्दछन् ।

सिंह राशि

सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौख हुन्छ । उनिहरु अन्य राशिका ब्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनिहरुलाई सम्पतिको मामलामा राशिले पनि साथ दिने गर्दछ । महंगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनिहरुको सामान्यतया पूरा हुन्छ ।

प्रतिकृया दिनुहोस्