Monday, September 20

यी राशिका व्यक्तिलाई सुन लगाउँदा हुन्छ निकै शुभ, यी राशिलाई अशुभ

February 14, 2021 2412

काठमाडौँ । सुन शुभ मुर्हुतमा खरिद गरेर लगाउदा लक्ष्मी प्रसन्न हुने धार्मीक विश्वास छ। घरको महिलाले सुनका गहना लगाउदा घरमा लक्ष्मीको बास हुने बताइन्छ। यस्ता धेरै मान्यता सुनसँग जोडिएका छन्।

धेरै कम व्यक्तिलाई मात्र थाहा हुने गर्दछ की सुन लगाउँदा कुनै व्यक्तिलाई शुभ र कुनै व्यक्तिलाई अशुभ हुने गर्दछ। हामी हामी तपाईलाई सुनसँग जोडिएका खास कुराका बारेमा जानकारी दिदैछौँ।

१) यदी तपाईको राशि मेष, कर्कट, सिंह वा धनु हो भने तपाईका लागि सुन निकै शुभ मानिन्छ। त्यस्तै मिन र वृश्चिक राशिका लागि सुन मध्यम मानिने गरिन्छ। वृष, मकर, तुला, कुम्भ र कन्या राशिका लागि सुन शुभ मानिदैन।

२) खुसी र सुखी वैवाहिक जीवनका लागि घाँटीमा सुनको सिक्री र रिङ फिंगरमा सुनको औँठी लगाउनु राम्रो मानिन्छ।

३) विवाहको धेरै वर्षसम्म पनि बच्चा भएनन् भने रिङ फिंगर वा इंडेक्स फिंगर अर्थात चोर औँला दुबैमा सुनको औँठी लगाउनुहोस्। यसो गर्दा सुन्दर मन्तान प्राप्त हुने विश्वास गरिन्छ।

४) चिसोबाट हुने समस्या सधै हुने गर्दछ भने रिंग फिंगरमा सुनको औँठी लगाउनु राम्रो मानिन्छ।

५)जुन व्यक्तिले राजकीय अधिकारीको सहयोग वा नोकरीमा प्रमोशन चाहनुहुन्छ भने रिंग फिंगरमा सुनको औँठी लगाउनु राम्रो मानिन्छ।

 

प्रतिकृया दिनुहोस्