Friday, February 26

अनुहारको चाउरीपनाले दिक्क हुनुहुन्छ ? यसरी प्रयोग गर्नुहोस् फिटकिरी

February 18, 2021 248

काठमाडौँ । धेरैे मानिसहरु घरमा फिटकिरीको प्रयोग गर्ने गर्दछन् । तर के तपाईंलाई थाहा छ यो तपाईंको स्वास्थ्य र सौन्दर्य समस्याहरूबाट मुक्त हुन मद्दत गर्दछ। त्यसोभए यसको प्रयोग गर्ने तरिकाहरू र फाइदाहरूको बारेमा जानौं,
,
जब कसैलाई युरिन इन्फेक्शनसँग सम्बन्धित कुनै समस्या छ भने त्यस्ता व्यक्ति आफ्नो समस्याको बारेमा अरुलाई भन्न डराउने गर्दछन् या त कहिल्यै भन्न नै नपरोस् भनी यस्ता कुराबाट टाढा नै रहन्छन् । तर फिटकरीको मदतबाट प्राइवेट पार्ट सफा गरेर युरिन इन्फेक्सनबाट बच्न सक्छौँ ।

यस्तैमा कोही कसैलाई कपालमा चायाँ पर्ने समस्याले सताइराखेको छ भने पनि तपाई यस समस्याबाट मुक्ति पाउन फिटकिरीको पानीले आफ्नो कपाललाई धनुहोस् ।

बढ्दो उमेरको साथ साथै आफ्नो अनुहारा पनि चाउरीपना आउन थाल्छ । यस्तो अवस्थामा पनि थोरै फिटकिरीलाई पानीमा हाली त्यसलाई घोलेर आफ्नो अनुहारमा लगाई यस समस्याबाट छुटकारा पाउन सक्नुहुन्छ ।

यदि कसैलाई श्वासप्रश्वास सम्बन्धित बिमारी छ भने पनि तपाई फिटकिरीको साथमा मह खान सक्नुहुन्छ ।

यदि तपाई नचाहिने रौँबाट छुटकारा पाउन चाहानुहुन्छ भने पनि फिटकिरीलाई गुलाबजलमा मिलाई स्किनमा लगाउन सक्नुहुन्छ जसबाट तपाईको सबै समस्या सजिलैसँग हट्न सक्छ ।

प्रतिकृया दिनुहोस्