Tuesday, November 24

उज्यालो नेपालको हिरो कुलमान हटे लगतै प्राधिकरण दिनप्रति दिन यसरि घाटामा जादै छ

October 31, 2020 195

यो साता केही दशैंका कारण वि’द्युतको माग धेरै कम भयो । सामान्यतयाः दशैंका बेलामा यसरी बिजुलीको मागमा भारी कमी आउँछ ।

दशैंका कारण दिनमा ३० लाख युनिटभन्दा बढी बिजुली खेर (स्पिल) जाँदैछ । अहिले दैनिक ३ करोडको बिजुली खेर जाँदा नेपाल वि’द्युत प्रा’धिकरणसँग न त’त्कालै ख’पत बढाउने न कुनै वि’कल्प छ, न त भारत नै पठाउन सकिने अ’वस्था नै ।

प्रा’धिकारणको भा’रप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईका अनुसार अहिले दिउँसो २०० मेगावाट राती ३ सय मेगावाटसम्म बिजुली खेर गइरहेको छ ।

बिहान र बेलुकाको पिक समयमा भने अधिकतम् रुपमा नेपालबाट उ’त्पादित सबै बिजुली उपयोग हुन्छ । थोरै परिमाणका मात्रै भारतबाट बिजुली ल्याउँदा पिक आवरको माग धानिन्छ ।

भट्टराईका अनुसार हिजोआज साँझको पिक आवरमा १२ सय मेगावाटसम्म बिजुलीको माग छ । दिउँसो ७ सय मेगावाटसम्म माग हुन्छ । राति ५ सय देखि साढे ५ मेगावाटमा झर्छ ।

हरेक घण्टा बिजुलीको मागको ‘परिमाण’ परिवर्तन हुने हुँदा घरी भारतबाट बिजुली ल्याउनुपर्ने, घरी भएको पनि खेर फाल्नुपर्ने बा’ध्यता छ । बिहारमा बिजुली आदानप्रदान गर्न सकिने भएपनि यो वर्ष बिहार सरकारले पनि बिजुली लिन चासो देखाएको छैन ।

प्रा’धिकरणलाई यसरी खेर गइरहेको बिजुली अहिले सबभन्दा चि’न्ताको विषय बनेको छ । प्रा’धिकरणलाई अबको केही हप्ता खपत र निर्यात नभएर खेर जाने बिजुलीको व्यवस्थापन स’मस्याको विषय बन्ने देखिएको छ ।

यो वर्षको राम्रो वर्षापछि नदीहरुमा पानीको सतहसँगै बिजुलीको उ’त्पादन बढेको छ । देशभित्र उ’त्पादन बढेकाले भारतबाट आउने बिजुलीको परिमाण ह्वा_त्तै घ’टेको छ ।

राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले अहिले पनि लाखौं युनिट बिजुली खेर गइरहेको छ । दशैंको बेलामा त झन दिउँसो पनि बिजुली खेर जाँदै छ ।

ल’कडाउनपछि कलकारखाना, होटल पूर्णक्षमतामा चल्न सकेका छैनन् । यसले गर्दा वि’द्युत माग बढ्न सकिरहेको छैन । दशैं–तिहारमा धेरैजसो उद्योग–कलकारखाना पनि अब ब’न्द हुन्छन् । बिजुली उत्पादन भने नदीहरुमा सफा पानीको बहावले गर्दा पनि अझ बढेको छ ।

यी विविध कारणले अबको करिब एक महिना बिजुलीको माग/खपत घट्ने नि’श्चित छ । यो अव’स्थामा अबको केही महिना प्राधिकरणलाई धेरै बिजुली खेर जान नदिन ठूलो चु’नौती हुनेछ ।
प्रा’धिकरणले माग भन्दा उत्पादन धेरै भएपछि आफ्ना आयोजनाका उ’त्पादन युनिटहरु बन्द गर्नुपरेको छ । यसो गर्दा बिजुली खेर जान्छ ।

प्रा’धिकरणले दिउँसो आन्तरिक उत्पादनले नथेग्दा कुनै–कुनै घण्टा एक सय मेगावाटसम्म बिजुली भारतबाट ल्याइरहेको छ । साँझको पिक आवरमा माग बढ्दा करिब २५० मेगावाट बिजुली आयात गर्नुपरिरहेको छ ।

अहिले रातको सयममा करिब ५ सय मेगावाटसम्म बिजुलीको माग छ । जबकी नेपालमा प्रा’धिकरणका आफ्ना र निजी जलवि_द्युत प्रवद्र्धकका आयोजनाबाट एक हजार मेगावाटभन्दा बढी बिजुली प्रणालीमा निरन्तर उपलब्ध हुँदैछ ।

निजी क्षेत्रले करिब ६ सय मेगावाट र प्रा’धिकरणका आयोजनाहरुले ४५० मेगावाट हाराहारी बिजुली निरन्तर उत्पादन गर्न सक्छन् । कुलेखानीको १०६ मेगावाट यसमा जोडिएको छैन । उ’त्पादित बिजुली खेर जान नदिन हजार मेगावाटसम्म बिजुलीको माग अ’त्यावश्यक छ ।

प्रा’धिकरणले निजी उत्पादकका बिजुली लिनैपर्ने गरी ‘टेक अर पे’ मोडलमा खरिद स’म्झौता गरेको छ । निजी उत्पादकहरुको बिजुली नलिए पनि त्यसको बिल तिर्नुपर्ने भएकाले प्रा’धिकरणले आफ्नै आयोजनाहरु बन्द गरेर बिजुली खेर फाल्ने गरेको छ ।

३०० मेगावाटआवर बिजुली एक घण्टा खेर जाँदा ३० लाख युनिट खेर जान्छ । ३० लाख युनिट बिजुली खेर जाँदा प्रा’धिकरणलाई करिब ३ करोड रुपैयाँ नो’क्सान हुन्छ । राति ११ बजेदेखि ४ बजेसम्म माग घट्ने भएकाले यसअघि पनि लाखौं युनिट बिजुली खेर गइरहेको थियो ।

अहिले वर्षा रोकिएर नदीहरुमा पानी संग्लिएपछि रातको समयमा खेर फाल्नुपर्ने बिजुलीको परिमाण थप बढेको प्रा’धिकरणका अधिकारीहरु बताउँछन् । कात्तिक, मंसिर र पुस मध्यसम्म नदीहरुमा सफा पानीको अ’वरोधरहित बहाव हुँदा धेरै बिजुली खेर फाल्नुको वि’कल्प छैन ।

विगतका गत वर्षामा आयोजनाहरू चलाएर करोडौं बिजुली भारतमा पठाइएको थियो । अहिले दैनिक केही समय भारतको बिहारबाट बिजुलीको माग हुँदा निर्यात पनि गरिन्छ । भारतबाट बिगतमा जसरी माग भएको छैन ।

यो वर्ष बिहारमा पनि बिजुली ख’पत घ’टेको छ । सरकारी स्तरमा समझदारी नभएकाले नेपालको खेर जाने बिजुली किन्न भारत बा’ध्य छैन । यसअघि पनि प्रा’धिकरणकै पहलमा बिहारमा बिजुली पठाइन्थ्यो । तर, अहिले प्रा’धिकरणमा विगतमा जसरी पहल गर्नसक्ने ने’तृत्व पनि छैन ।

खेर जाने बिजुली बिहारमा बिजुली बेच्न दैनिक रुपमा त्यहाँका अधिकारीसँग छलफल र सम्वाद गर्नुपर्ने हुन्छ । अहिले प्रा’धिकरणमा त्यस्तो समन्वय गर्न सक्ने किसिमको नेतृत्व छैन । यो अघिल्लो वर्षको वर्षातमा प्राधिकारणले ८० करोडभन्दा बढीको बिजुली भारत पठाएको थियो ।

नयाँ अड्चन नथपिए आगामी पुससम्म माथिल्लो तामाकोसी आयोजना (४५६ मेगावाट)बाट बिजुली उत्पादन हुने अवस्था छ ।

वर्षायाममा बढी हुने बिजुली देशभित्रै ख’पत गर्ने सरकारी योजना अलमलमा छ । अबको एक वर्षमा प्रतिव्यक्ति ऊ’र्जा खपत ९० युनिट बढाउने सरकारी लक्ष्य छ । अहिले २६० युनिट रहेको प्रतिव्यक्ति बिजुली खपत ३५० युनिटमा पु¥याउने योजना छ ।

तीन वर्षअघि यस्तो ख’पत १५० युनिट थियो । सरकारको लक्ष्य पूरा हुन अबको दुई वर्षमा यस्तो खपत दर ७०० युनिट पुग्नुपर्छ । तर, देशभित्र ऊर्जा खपतलाई प्रो’त्साहन गर्ने नीति यही वर्ष आएन ।

इन्डक्सन चुल्हो, वि’द्युतीय सवारी साधन र वि’द्युतीय उपकरणमा कर वृ’द्धि गर्ने निर्णयले आन्तरिक खपत नि’रुत्साहित भएको ऊ’र्जासम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन् । नेपालले कि ठूलो मात्रामा आन्तरिक बिजुली ख’पत बढाउनु, कि त भारतीय बजारमा बेच्नुको वि’कल्प छैन ।

सरकारले वि’द्युत प्रा’धिकरणलाई भारतको बोलकबोलमा बिजुली बिक्री हुने ‘डे–अहेड’ र ‘टर्म–अहेड’ मार्केटमा बिजुली बेच्न पूर्वस्वीकृति त दिएको छ, तर भारतले अहिलेसम्म आफ्नो बजारमा प्रा’धिकरणलाई बाटो खोलिदिएको छैन । भारतको ‘एनटीपीसी वि’द्युत ब्यापार निगम लिमिटेड’ (एनभीभीएन)सँग यसबारे छलफल भइरहेको दा’वी सरकारको छ ।

भारतको अ’न्तर्राष्ट्रिय वि’द्युत ब्यापार सम्बन्धी निर्देशिकाअनुसार विदेशबाट ल्याएको बिजुली सीधै बेच्न पाइँदैन । विदेशी वि’द्युतको व्यापार एनभीभीएनमार्फत मात्र गर्न सकिने व्यवस्था निर्देशिकामा छ ।

प्रा’धिकरणले एजेन्सीका रुपमा एनभीभीएनसँग काम गर्ने सहमति गत वर्ष जनाएको छ । अब निर्देशिकाअनुसार भारतको ऊ’र्जा मन्त्रालयले ‘कन्डक्ट अफ बिजनेस रुल’ (सीआरबी) जारी गर्न बाँकी छ ।

तर, नेपालमा भने दैनिक करोडौंको बिजुली उत्पादन हुने आयोजना बन्द गरेर बिजुली खेर फाल्नुपरेको छ ।

प्रतिकृया दिनुहोस्