Tuesday, November 24

प्रधानमन्त्री के पी ओलीको कुर्सि धरापमा पर्यो अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको खुलाशा

October 31, 2020 166

काठमाडौँ- नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अविश्वास प्रस्ताव संसदीय दलमा दर्ता गर्ने तयारी गरिरहेको सूचना प्राप्त भएको ओली निकट एक नेताले बताएका छन्।

पार्टी निर्णयविपरीत काम गरेको र सरकारसमेत बदनाम गराउन लागेको भन्दै ओलीविरुद्धको अविश्वासको प्रस्तावमा गोप्यरुपमा हस्ताक्षर गर्ने काम भइरहेको ती नेताको भनाइ छ।

ती नेताले ओलीविरुद्धको अविश्वासको प्रस्ताव पार्टी संसदीय दलमा असफल भएमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग मिलेर त्यो संसदमै दर्ता गर्नका लागि हस्ताक्षर संकलन भइरहेको सूचना आफूहरुलाई प्राप्त भएको बताए।

खासगरी ओलीले गत भदौ २५ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरु उल्लंघन गरेको, को*रोना महा मारी नियन्त्रण गर्न नसकेको र राष्ट्रियतामाथि आ घात पुग्ने गरेर विदेशी जासुसी संस्थाका प्रमुखलाई भेटेको लगायत थुप्रै कारणले उनीबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता तयारी भएको बुझिएको छ। देशसञ्चारबाट साभार

प्रतिकृया दिनुहोस्