Monday, November 30

मलेसियामा मेसिनमा च्यापिएर हात गुमाएका दिपक प्रसाद शाहले पाय यस्तो कृतिम हात

October 31, 2020 198

मलेसिया।

हाम्रो देशमा रोजगारीको अवसर नभएपछि धेरै नेपाली युवाहरू स्वदेश छाडेर बिदेश जाने क्रम अझै पनि उस्तै छ धन पैसा कमाउन आफ्नो घरपरिवरलाइ खुशी राख्ने उदेश्य लिएर गएका हुन्छन् ।

बिदेश बाट नेपालमा पैसा त आउछ तर धन पैसा सँगै काम गर्ने क्रम दुर्घटनामा परि कयौंले हात खुट्टा गुमाएर स्वदेश फर्किएका छन् त कयौंले ज्यान गुमाएर बाकसमा फर्किएका विमानस्थलमा दिनप्रतिदिन हामीले समाचारहरु पढ्दै,र हेर्दै सुन्दै आएका छौ।

 

यस्तै रोजगारीका लागि मलेशिया पुगेका एक नेपाली युवाले केही समय अघि काम गर्ने कम्पनीमा उनको मेसिनले च्यापिएर एक हात गुमाएका थिए उनको अवस्था अहिले सामान्य तरिकाले चलिरहेको छ आफ्नो हात गुमाउनुपरेको चिन्ता त छदैछ तर अहिले उनको रबरको हात हालेका छन्।

बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नः२२ टोल बह्रमपुरीका एक युवा रोजगारको सिलसिलामा मलेसिया पुगेका थियो काम गर्ने क्रममा मेशिनमा गतसाल २६ नोभेम्बरमा।२०२० दिन मलेसिया को समय अनुसार रातको करिब ११;३० बजेतिर Casting शाखामा मेसिन दुर्घटनामा परि दिपक प्रसाद साह टेलीले आफ्नो दाहिने हात गुमाएका थियो ।

 

राम्रो उपचार र नियमित हस्पिटल फलोअपले गर्दा ऊनी निको भएर कम्पनीको साधारण उनले सकेको काम गर्दै आएका थिए ।

उनको कृतिम हात हाल्ने योजना कम्पनीले आज पुरा गरेको छ । ३० अक्टोबर २०२० को दिन उनले नया इलोक्ट्रोनिक हात प्राप्त रुपमा उनले पाएका छन्।

 

दिपक प्रसाद शाह गतबर्ष नोभेम्बर २६ तारीख काम गर्ने सिलसिलामा मलेसियाको मलका स्थित मजिस्थाना नजिकै YHI कम्पनी मा मेसिनमा च्यापिएर पुर्ण रुपमा दाहिने हात गुमाएका थिए।

 

शाहको राम्रो उपचार र रोजगारदाता कम्पनीको नियमित हस्पिटल सङको फलोअपका कारण आजबाट कृतिम हात लगाइ पुनः काममा फर्केका छ्न।

source:Nepalijanatakhaber

प्रतिकृया दिनुहोस्