Wednesday, January 19

अनुहारका दाग धब्बा हटाउन कसरी बनाउने घरेलु फेसप्याक ?

February 26, 2021 583

काठमाडौँ । चिसो मौसममा अनुहारमा चाया पोतो आउने, दाग तथा बिबिराहरू निस्कने, फुट्ने र अनुहार सुक्खा हुने जस्ता समस्या आइरहन्छन्। हाम्रो अनुहारको छाला निकै संवेदनशील हुन्छ।यसको हेरचाह गर्न जानेमा जस्तोसुकै अवस्थामा पनि सुरक्षित राख्न सकिन्छ। घरमा पाइने सामग्रीबाटै हामीले उपयोगी फेसप्याक बनाउन सक्छौ।

चाहिने सामग्री

दुई चम्चा मुसुरोका दाल
एक चम्चा चामलको पिठो
दुई चम्चा गुलाबजल
एक चम्चा बेसारको धुलो
आवश्यकअनुसार ओटमिल

बनाउने तरिका

ओटमिल, मुसुरोको दाल र चामलको पिठोलाई मसिनो हुने गरी पिस्ने र मिसाउने। उक्त मिश्रणमा गुलाबजल र बसार मिसाएर राम्ररी फिट्ने।

आफ्नो अनुहार निकै सुक्खा र फुस्रो छ भने अलिकति काँचो दूध पनि मिसाउन सकिन्छ। तयार भएको यो पेस्टलाई करिब १० मिनेट छोपेर राख्ने।

प्रयोगका लागि फेसप्याक तयार भयो। विस्तारै मसाज गर्दै फेसप्याक अनुहारमा दल्ने। केहीबेर अनुहारमै सुक्न दिने।

फेसप्याक सुकेर कक्रक्क परेपछि पानीले भिजाउने र विस्तारै पुछ्ने। यसले अनुहारमा रहेका मृत कोषिकाहरू निस्किन्छन्। जसले गर्दा अनुहार उज्यालो र चम्किलो देखिन्छ।

प्रतिकृया दिनुहोस्