Monday, April 19

प्रेमीलाई आफ्नो इसारामा नचाउन माहिर हुन्छन् यी ४ राशिका व्यक्ति

February 26, 2021 207

काठमाडौँ । हामी जीवनमा विभिन्न प्रकारका मानिसहरूलाई भेट्छौं। कसैको स्वभाव हामीलाई निकै मन पर्छ भने केहि मानिसको बनी फिटिक्कै मन पर्दैन। केहि मानिससँग पहिलो भेटमा नै निजीक हुन्छौं।

भने कोहिसँग सहज हुन समय लाग्छ। आजको समयमा सिधा साधा मानिस भेटिन निकै गार्हो हुन्छ। तर केहि मानिस निकै सोजा र सरल पनि हुन्छन्।

त्यस्तै, केहि मानिस अत्यन्त चलाख किसिमका हुन्छन्, जो निकै चतुर तथा समझदारीका साथ काम गर्ने गर्छन्।

सुखी जीवनको लागि यो धेरै महत्त्वपूर्ण छ कि हामीले हरेक प्रकारका व्यक्तिहरू चिन्न सक्नुपर्छ र त्यहि अनुसार व्यवहार गर्न सिक्नु पर्छ।

विशेषगरी जब हामी कसैसँग प्रेम सम्बन्धमा हुन्छौं, किनकि प्रेम सम्बन्धमा खुसी र सुखी हुनु धेरै महत्त्वपूर्ण हुन्छ।

ज्योतिषका अनुसार निम्न उल्लेखित चार राशिका मानिस प्रेम सम्बन्धमा हरेक निर्णय चतुरतापूर्वक गर्छन्। यी मानिस हरेक तरिका अपनाउछन् ताकी आफ्नो प्रेमी आफ्नो इसारामा नाचोस्।

मिथुन राशि

मिथुन राशिका मानिसहरु दोहोरो चरित्रका हुन्छन्। मिथुन राशिका व्यक्तिहरू धेरै संवेदनशील हुन्छन् र उनीहरूको वाणीको कुरामा निकै सतर्क हुन्छन्।

यिनीहरुले यो कुरा राम्रोसँग जानेका हुन्छन् कि कस्तो बोली तथा वाणीले अरु मान्छेलाई आफ्नो इसारामा नचाउन सकिन्छ र आफ्नो अनुसार कार्य निकाल्न सकिन्छ।

सिंह राशि

यस राशिका मानिस निकै चलाख हुन्छन्। यी मानिसलाई कुनै पनि समय आफ्नो प्रेमी आफ्नो अनुसार कार्य गरिरहेको छैन भन्ने लग्यो भने हेरफेर गर्न प्रयास गर्छन्। असुरक्षाको स्थितिमा अरुको कमजोरीको माध्यमले अरुलाई आफ्नो औंलामा नाच्न बाध्य पार्छन्।

वृश्चिक राशि

वृश्चिक राशिका मानिस कहिल्यै पनि आफ्नो भावना अन्य मानिस समक्ष व्यक्त गर्न सक्षम हुँदैनन्। जसको कारण उनीहरूको प्रेम सम्बन्धमा निश्चित रूपमा दुविधा रहन्छ।

वृश्चिक राशिका मानिसको मौनतामा पनि चलाखी लुकेको हुन्छ। अरु मानिस कहिले पनि ओ सम्झिन सक्दैन कि उनीहरुको दिमागमा के कुरा चलिरहेको छ।

मीन राशि

मीन राशिका मानिस निकै चतुर हुन्छन्। यिनीहरु धेरै चलाखीसाथ आफ्ना प्रेमीलाई आफ्नो अनुसार चल्नको लागि तयार गर्छन्।

विश्वास गर्नुहोस् यो सबैको बसको कुरा हैन। प्रेम सम्बन्धमा यी मानिस आफैं मनमानी गर्छन्, प्रेमीको आवश्यकता के हो ? यसले यी मानिसलाई फरक पार्दैन।

प्रतिकृया दिनुहोस्