Wednesday, August 4

मोटी युवतीसँग विवाह गर्दा फाइँदै-फाइँदा

March 1, 2021 895

विवाह एक शास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन । योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् ।

सामान्यतः स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर, अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् ।

यसका कारणहरु पनि धेरै रहेका छन् । जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन् र हरेक समयमा साथ दिन्छन्, भन्नुको अर्थ सजिलै छाडेर जाँदैनन् ।

नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोले गरेको अध्ययनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् ।

अध्ययनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शारीरिक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन् । तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् ।

अर्को कुरा जो महिला मोटी छिन् भने उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ । यसरी खानेकुरामा पनि उनले श्रीमान्काे मन जित्न सक्छिन् । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।

अध्ययन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगारदेखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् ।

एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ । मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन् ।

उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन् । तर पछिसम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनीहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन् अनि परिवारलाई पनि ।

यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होइनौं । यो नितान्त अध्ययनले देखाएको कुरा हो । त्यसैले तपाईंको प्रेम सम्बन्ध राम्रो बनाउनकाे लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् । यति भएको खण्डमा सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् । एजेन्सी

प्रतिकृया दिनुहोस्