Thursday, November 26

काेराेना नियन्त्रण गर्न सफल देशमा २०० दिनदेखि सङ्क्रमितको संख्या शून्य

October 31, 2020 119

ताइपेइ । ताइवानमा पछिल्लो २०० दिनदेखि कोरोना भाइरस आन्तरिक सङ्क्रमितको संख्या शून्य रहेको छ । विश्वभरी कोरोना भाइरसको महामारी फैलिइरहेको भए पनि ताइवानमा करिव दुई करोड तीस लाख जनसंख्या रहेको ताइवानमा भने अहिलेसम्म ५५० जना कोरोना सङ्क्रमणमा सङ्क्रमण छन् । काेराेनाका कारण अहिलेसम्म सात जनाको मृत्यु भएको छ ।

ताइवानमा सबैभन्दा पछिल्लो सङ्क्रमित गत अप्रिलको १२ तारिखका दिन भेटिएको अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाको महामारी नियन्त्रणका लागि सफल देशको उदाहरणकाे रुपमा ताइवानलाई लिन थालिएको छ ।

चिकित्सा सम्बन्धी अष्ट्रेलियाली राष्ट्रिय विश्वविद्यालय मेडिकल सेन्टरका प्राध्यापक पिटर कोलिग्ननले कोरोना महामारीको राम्रो व्यवस्थापन गर्नेमा ताइवान विश्वमै सबैभन्दा अगाडि रहेको दावी गर्नुभयाे ।

विभिन्न प्रतिवेदनहरुका अनुसार ताइवान सन् २०२० मा लगातार आर्थिक बृद्धि गर्ने थोरै देशहरुको सूचीमा पनि रहेको छ ।

कसरी संभव भयाे महामारी नियन्त्रण ?

महामारीको चर्चा थाहा पाउनासाथ आवतजावत गर्ने र भिडभाड गर्नेहरुलाई रोक्ने गरी प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएकाले संक्रमण फैलिन नपाएको उनको भनाइ छ । यस्तो व्यवस्था जनवरीमै लागु गरिएको थियो । साथै ताइवानले शुरुदेखि नै सीमा नाकामा पनि कडाइ गरेको थियो ।

ताइवानमा विद्युतीय माध्यमबाट शंकास्पद व्यक्तिहरुको ट्राकिङ गरिएको र शंका लागेका व्यक्तिहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था कडाइका साथ लागु गरिएको छ । रासस ।

प्रतिकृया दिनुहोस्