Monday, April 19

चलचित्रमा मात्र रहेछ नायिका भन्ने त,घरमा त श्रीमती नै हुने रहेछ,उदिपको अनुभव (भिडियो सहित)

March 5, 2021 350

आँचल शर्माले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४ बाट गरेकी हुन् । पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत अभिनय गरिन ।

नेपाली चलचित्रमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । उनको सुरुको चलचित्र बाट नै पल शाह सँग जोडी सुहाएकोले दर्शकले पनि रियल लाईफमै उनि हरुको जोडी होस चाहेका थिए ।

तर आँचल शर्मा ले आफ्नो प्रेमी डाक्टर उदिप श्रेष्ठ सँग गतबर्षको फागुणमा बिहे गरिन । उदिपले भने “नायिकासँग बिहे गरेपछि घरमा पनि नायिका नै महशुश नहुने सुनाए । चलचित्रमा मात्र रहेछ नायिका भन्ने त । घरमा त श्रीमती नै हुने रहेछ ।”

आँचल शर्माले बिहेपछि सारी लगाउन सिकिरहेकी छिन् । बुहारी भएपछि सारी प्रति अझै मोह बढेको उनले महसुश गरिन ।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्