Monday, June 21

ब्रोकाउली खानुका यस्ता छन् १० फाइदा, मुटु रोगदेखि क्यान्सर हुने खतरा कम गर्ने

March 8, 2021 299

काठमाडौं – हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो ब्रोकाउली । ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ।

प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु पाइने ब्रोकाउलीको तरकारी नियमित खाएमा मुटुसँग सम्बन्धित रोग न्युनिकरण हुन्छ ।

त्यस्तै क्यान्सरबाट हुने खतरा पनि कम हुन्छ । ब्रोकाउलीको तरकारी नभए सलाद र सूप पनि बनाएर खान सकिन्छ ।

हेर्नुहोस् यस्ता छन् – ब्रोकाउलीका १० फाइदा

१. क्यान्सर रोकथामका लागि प्रभावकारी – ब्रोकाउलीमा शक्तिशाली एन्टिअक्सीडन्ट र एन्टी कार्सिनोजेन तत्व पाइने भएकाले स्तन, ग्रीवा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्‍याउँदछ।

२. प्रोटिनको राम्रो श्रोत – आधा क्यालोरीको साथ एक कप ब्रोकाउलीमा एक कप मकै वा चामल बराबरको प्रोटिन पाइन्छ।

३. प्रतिरक्षा स्वास्थ्य बढावा – एक कप ब्रोकलीमा बिटा क्यारोटीन, जिंक र सेलेनियमको ठूलो मात्रा पाइन्छ, जसले प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउन सहयोग गर्दछ।

४. मधुमेहसँग लड्न मद्दत गर्ने – उच्च फाइबर र कम सुगर भएका कारण, इन्सुलीनलाई न्यूनतम मद्दत गर्दछ।

५. मुटु रोगीका लागि लाभदायक – ब्रोकाउलीमा पाइने क्यारोटीनोइड ल्युटिन, बी सिक्स, फोलेट र कम सुगरको मात्राले इन्सुलिनलाई नियन्त्रणमा राखी मुटु रोगको जोखिमबाट बच्न सकिन्छ।

६. हड्डीलाई स्वस्थ राख्न मद्दत गर्ने – ब्रोकाउलीमा थुप्रै दुग्ध उत्पादनहरू भन्दा बढी क्याल्सियम र भिटामिन के पाइने भएका कारण यसले हड्डी स्वास्थ्य राख्न मद्दत गर्दछ।

७. रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्ने – यसमा पाइने पोटासियम, म्याग्नेशियम र क्याल्सियमको मात्राले रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ।

८. रुगा खोकीबाट बचाउने – ब्रोकाउलीमा पाइने भिटामिन सी जसमा एन्टीअक्सीडेन्ट र एन्टी इन्फ्लामेटरी गुण पाइने गर्छ। जसले रुगा खोकीबाट बचाउने गर्दछ।

९. यौन उर्जालाई बढाउने – शरीरको उच्चतम तौललाई घटाउनुका साथै यौन उर्जालाई पनि बढाउन मद्दत गर्दछ।

१०. भ्रुणका लागि फाइदाजनक – एक कपको ब्रोकाउलीमा ९४ एमसीजी फोलिक एसिड हुन्छ, जुन बी भिटामिनको श्रोत हो र जसले भ्रुणको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ।

प्रतिकृया दिनुहोस्