Monday, August 2

स्वातै घट्यो सोच्न नसकिने गरी घट्यो सुनको मूल्य।कति छ आजको सुनको मूल्य,हेर्नुहोस

March 9, 2021 1706

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।आज ६०० रूपैयाँले घटेर ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै तेजाबी सुन पनि आज तोलामा ६०० रूपैयाँले नै घटेर ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।चाँदी पनि आज तोलामा १० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि:माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा ‘कक्षा १०’ को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्