Monday, June 21

धु’वा र ख’रा’नी बनेर अस्ताए कन्चन तिमिल्सिना गाउँले सबैका आँखा थामिएनन् आमाको अवस्था भयो एस्तो (भिडियो)

March 9, 2021 699

धुवा र खरानी बनेर अस्ताए कन्चन तिमिल्सिना गाउँले सबैका आँखा थामिएनन् आमाको अवस्था भयो एस्तो (भिडियो)
काठमाडौ । सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन ।

तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए । धेरै दिनको बे होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो । उनको हात खुट्टा समेत चल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो ।

काठमाडौ । अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । आइतवार निधन भएका कञ्चनको शव उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आन्दोलन गर्न पुगेका थिए । तर कञ्चनको शव धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार शव उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्यष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट शव उठाइएको हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा निधन पछि एक्लिएकी छन् ।

श्रीमानको सहयोग बिना एक्लै हुर्काएकी छोराको पनि साथ छुटेपछि कञ्चनको आमा एक्लिएकी हुन् । उनको बेहाल भएको छ । ६६ दिनको लामो बेहोसी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सास फेरे । अस्पतालको आइसियुमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमालसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यवहारपछि उनले यस्तो कदम उठाएका थिए ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसंगले २ महिना यता ठूलो चर्चा पायो । काठमाडौँमा विवाह गरेर चितवन गएपछि अनिशा आफ्नै घर फर्किइन् । त्यस पछि विग्रिएको सम्बन्धले कञ्चनको इहलिला नै समाप्त गरिदियो ।

कालिका नगरपालिका–६ खोलेसिमल गुराउचौरमा प्रेम सम्बन्धमा रहेका कञ्चनलाई अनिशाको परिवारले अलग गराइ दिएको थियो । उपचारका क्रममा ६६ दिनपछि उनै २१ वर्षीय कञ्चनको भरतपुर अस्पतालमा मृत्यु भएको हो । कञ्चनको मृत्यु भएपछि मृतकका आफन्तले १७ वर्षीया अनिशाको घर घेरेका हुन्।

प्रतिकृया दिनुहोस्