मिति २०७७ साल फागुन २९ गते शनिबार, हेर्नुहाेस् तपाईहरूको राशीफल अनुसारकाे भाग्यफल यस प्रकार रहेको छ। तपाईहरूको रात दिन शुभ रहोस्। माता पाथिभराको कृपाले हामी सबैकाे दिन सुखद वितोस् ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रयासरत काममा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउन हुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । जोखिममा नपर्नु बेस रहला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्ति हुनेछ । भोज भतेरमा भाग लिनुहुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला। ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ। विजयश्री प्राप्त होला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
भोगविलासमा रुचि बढ्ला । भागदौड लागिरहनेछ । समस्याको समाधान प्राप्त होला । विवादमा नपर्नु हितकर होला । आफ्नै बल विवेकले काम गर्नु फलदायी ठहरिने छ । जोखिममा नपर्नु हितकर होला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
ऋण रोग र शत्रुप्रति जित होला । अस्तव्यस्ततामा कमी हुनेछ । काममा विजय प्राप्त होला । देखिएको समस्या समाधान हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मिठो भोजन मिल्नेछ । शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ। सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय अनुकूल फलदायक रहला । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सन्ततिसुख बढ्नेछ । विवादमा नपर्नु हितकर होला । आरोग्यता बढ्ला । आफन्त र जीवनसाथीको सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ । मिठो भोजन खान पाउनुहुनेछ । उन्नति पदोन्नति हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
धनको आवागमन भैरहनेछ । भागदौड वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । दैनिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख समृद्धि बढ्नेछ । बिबादमा नपर्नु बेस होला । मिहीनेतयुक्त काममा रूचि वृद्धि होला । अरुको भर नपर्नु नै हितकर रहला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आशा उत्साह बढ्ला । यात्रा होला । रसराग प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ मिल्नेछ । कार्यमा सफलता मिल्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । आयस्रोत बढ्ला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ । लगानी उठ्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रसंशा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता वृद्धि होला । यात्रा परक काममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । व्यस्त रहनु हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आरोग्यता बढ्ला । सुख शान्ति बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न भैहाल्नेछ । शुभ काममा भाग लिनुहुनेछ । यश वर्चश्व बढ्ला । धन यश मान पद प्रतिष्ठा बढ्ला । शुभ काम बन्नेछ । गौरब बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
प्रतिकृया दिनुहोस्