Wednesday, August 4

घरमा रोप्नुहोस् यी बिरुवा, हुन्छ गरीबी र दरिद्रताको अन्त्य

March 13, 2021 604

काठमाडौँ । वास्तु शास्त्रमा घरमा बोट बिरुवा लगाउँनु अघि केही नियमहरु बताईएको छ।

घरमा सही तरिकाले बोट बिरुवा नलगाए गृहस्वामी सहित परिवारको अन्य सदस्यको शारीरिक, आर्थिक र मानसिक समस्या आई पर्नसक्छ।

वास्तुशास्त्रको प्रसिद्ध ग्रंथ ‘वास्तुराजवल्लभ’ का अनुसार तुलसी, केरा, चंपा केतकी, चमेली आदिलाई शुभ बोट बिरुवा मानिन्छन्।

केराको बोट ईशान कोणमा रोप्नाले आर्थिक समस्या दुर हुन्छ। केराको बोटसँगै तुलसीको बोट लगाउँदा शुभ फल प्राप्त हुँने साथै भगवान विष्णुकोसाथै माता लक्ष्मीको कृपा समेत मिल्ने बताइन्छ।

यसैगरी अशोक र नरिवलको बोट पनि एकदम शुभ मानिन्छ। अशोक प्रसन्नता दिने र चिन्ता दुर गर्ने बृक्षको रुपमा चिनिन्छ। यो बृक्षले घर परिवारका सदस्यबीच प्रेम र सौहार्दता बढाउने मान्यता रहिआएको छ।

अंगारले पनि चम्काउछ भाग्य, यसरी गर्नुहोस् प्रयोग

काठमाडौँ । आगोको कोइला अर्थात् अंगार कालो हुन्छ भन्ने सवैलाई थाहा छ। तर, त्यही कालो अंगारभित्रको सेतो विशेषताबारे जो कोहीलाई थाहा नहुन सक्छ।

दाँत चम्काउन मात्र होइन छाला चम्किलो बनाउन पनि अंगार विशेष मानिन्छ। यसको प्रयोग जापानबाट थालिएको बताइन्छ। जापानमा अंगारको प्रयोग सफा र चम्किलो छाला बनाउन, ब्युटी इन्ग्रेडियन्टका रुपमा प्रयोग गरिन्छ।अंगार दुई किसिमको हुन्छ। एउटा कच्चा जुन दाउरा बालेर बचेको कोइला हो। यसले छालालाई कालो र फोहोर बनाइदिन्छ।

अर्को एक्टिभेटेड अंगार, जुन कार्बनको प्रशोधित रुप हो। यसको प्रयोग क्लिन्जर, फेस मास्क, स्क्रब तथा साबुनको रुपमा हुन्छ। छालाका कतिपय समस्या समाधान गर्न एक्टिभेटेडले मद्दत गर्छ।अनुहारमा ब्ल्याकहेडको समस्या छ भने यसको प्रयोग गरी ब्ल्याकहेड रिमुभल स्ट्रिप लिन सकिन्छ। यसले अनुहारको भित्रसम्म पुगेर ब्ल्याकहेडलाई जरैदेखि उन्मूलन गर्छ।

यति मात्र होइन, राम्रो क्लिन्जिङ प्रोपर्टीका कारण चारकोल बेस्ड प्रोडक्टहरु पोतो तथा डन्डीफोर हटाउन पनि उपयोगी हुन्छन्। यसले छालालाई बाहिरबाट मात्र नभई भित्री छिद्रसम्म पुगेर सफा गर्ने हुँदा अनुहारको चमक बढाउँछ।हरेक राति अंगारको पेस्टले फेसवास गर्दा छाला भित्रैदेखि सफा र प्रदूषणमुक्त रहन्छ। टक्सिनजस्तै, मयल र तेलका लागि पनि यो निकै उपयोगी मानिन्छ।

प्रतिकृया दिनुहोस्