Wednesday, August 4

हाम्रा पूर्खाले बताएका यी ५ काम, साँझ परेपछि नगर्दा बर्सिन्छ लक्ष्मी माताको कृपा

March 19, 2021 487

काठमाडौँ । हिन्दु धर्म शास्त्र अनुसार यी ५ काम सूर्यास्तपछि गर्नु हुँदैन । पौराणिक कथा र ज्योतिष शास्त्रमा कयौँ यस्ता कुराको दावी गरिएको छ जसलाई आजका मानिसपनि मान्ने गर्दछन्। ज्योतिषशास्त्रको जानकारी अनुसार राति वर्जित कार्य गर्नेसँग लक्ष्मी रिसाउँछिन्।

हेर्नुहोस् अन्य नियम के के छन् ?

१) साँझ स्नान गरेपछि निधारमा चन्दन नलगाउनुहोस्
साँझ यदी तपाईं सूर्यास्तपछि स्नान गर्नुहुन्छ भने निधारमा चन्दन नलगाउनुहोला । किनकी चन्दन लगाएर तपाईं राति सुत्नुहुन्छ भने चन्दनको पाप्रा तपाईंको आँखामा खस्न सक्छ र रोशनी गुम्न सक्छ वा आँखामा समस्या आउन सक्छ भन्ने मान्यता छ । केही निधारमा लाउनै परे विभूति लगाउन सक्नुहुन्छ।

२) राति बिना केसर वा बेसार दूध नपिउनुहोस्
अर्को मान्यता यो छ कि राति दूधमा थोरै बेसार या केशर मिलाएर पिउनु पर्दछ । केही नमिसाई नखानुहोस् । किनकी दूधको प्रकृति चिसो हुन्छ र सादा दूध राति झनै चिसो हुन्छ । यसले तपाईंलाई सर्दीको समस्या हुन सक्छ । तपाईं विरामी हुनुभए लक्ष्मी तपाईंबाट टाढा हुनेछिन् ।

३) राति कपडा धुनु हुँदैन
मान्यता यो छ कि राति कपडा धुनु हुँदैन। भनिन्छ राति कपडा धुँदा र त्यसलाई सुकाउँदा कपडामा नेगेटिभ एनर्जी प्रवेश गर्दछ। यस्तो कपडाबाट तपाईंको मनमा नकारात्मक असर पर्दछ । कपडा साँझसम्म नसुके त्यसलाई राति छतको तल फैल्याउनुहोस्।

४) राति दूध या खाना ढाकेर राख्नुहोस्
अर्को मान्यता यो पनि छ कि राति दूध या अन्य खाना जहिल्यै ढाकेर राख्नु पर्दछ। भलै तपाईं खानेकुरा फ्रिजमा राख्नुहुन्छ तर ढाकेरै राख्नुहोला। भनिन्छ खाना खुला राख्दा यसमा रातको नकारात्मक उर्जा प्रवेश गर्दछ। अर्को तर्क यो पनि छ कि कयौँ प्रकारका साना किरा बाहिर आउने र खानामा प्रवेश गर्न सक्दछन् जसले विरामी भइन्छ।

५) सूर्यास्तपछि कपाल नकाट्नुहोस्
यो पनि मान्यता छ कि राति कपाल अर्थात रौँ काट्नु हुँदैन। किनकी यसो गर्दा तपाईंमा नकारात्मक असर पर्दछ र लक्ष्मी रिसाउन सक्छिन्।

६) शंख नबजाउनुहोस्
घरमा राखिने शंखमा सधै धनकी देवी लक्ष्मीको बास हुने गर्दछ। हाम्रा पूर्खाका अनुसार सबैले घरमा शंख राख्न जरुरी छ। परन्तु यो कुरा ध्यान दिन जरुरी छ की रात परेपछि शंख बजाउन हुँदैन्। साँझमा शंख बजाउँदा धन हानी हुने सम्भावना हुने गर्दछ।

प्रतिकृया दिनुहोस्