Monday, August 2

मंगल ग्रहले गर्यो राशि परिवर्तन: ४ राशिलाई बिशेष लाभ, ८ राशि होसियार

March 19, 2021 435

पूर्वीय दर्शन, ज्यातिषशास्त्रको माध्यमबाट विविध खालका समस्याबाट मुक्ति पाउन सकिन्छ । सामान्य रुपमा व्यक्ति आफ्नो जीवनमा तीन प्रकारका समस्याको सामना गर्छ ।पहिलो करियार, दोस्रो धन र तेस्रो विवाह । यी तीन कुरा सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ ।

ज्योतिष विद्या मा १२ राशी र ९ ग्हमा आधारि तछ । तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ ।विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ ।

थाहा पाउनुहोस् कुन कुन राशिकाबीच विवाह गर्न गल्ती हुन्छ:मेष र कर्कट,कुम्भ र कर्कट,सिंह र वृष,वृश्चिक र मेष,मिथुन र कर्कट,सिंह र कन्या,मकर र तुला,कुम्भ र वृष,मीन र सिंह,मकर र धनु,वृश्चिक र कुम्भ,मिथुन र मिन

यी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदी माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ । दुई राशी र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ ।

यो पनि :के तपाईं लाई थाहा छ ? किन गरिन्छ मन्दिरको परिक्रमा :हिन्दुहरू आफ्नो आस्था प्रकट गर्न नियमित मन्दिर जाने गर्छन् । मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजाअर्चना गरिन्छ । त्यसपछि मन्दिर परिक्रमा गर्ने विधान हुन्छ । के हो त यसको कारण ?खासमा मन्दिर परिक्रमा गर्नु लाभदायक छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । यो ऊर्जा हाम्रो शरीरमा स्थानान्तरित हुन्छ र हामी आनन्द अनुभव गर्छौं ।

मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । अनि स्वतः प्रकट भएको मूर्तिमा तथा पछि प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको प्रवाह सुनिश्चित हुन्छ ।मन्दिर परिक्रमा जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतैतिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जालाभ हुँदैन ।परिक्रमाको अर्को नाम प्रदक्षिणा हो । परिक्रमालाई प्रार्थनाको अभिन्न अंग मानेका छन् शास्त्रहरूले ।परिक्रमा जहिले पनि बिजोडी संख्यामा गरिन्छ र तीनचोटि परिक्रमा गर्ने प्रचलन व्यापक छ ।

यो पनि :खल्तीमा रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ, कसरी :धेरै मान्छे खल्तीमा रुमाल राखेर हिँड्छन् । आफूसँग रुमाल राख्दा व्यक्तित्वमा राम्रो वा नराम्रो प्रभाव पर्छ भन्ने सुन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ ।दिनैदिनै धोएको रुमाल प्रयोग गर्नुस् । फोहोरी रुमालमा नकारात्मकता हावी हुन्छ ।अंक ज्योतिष अनुसार शुभ लाभको कामना गर्ने व्यक्तिले चार वा ६ फोल्ड गरेर गोजीमा राखेको राम्रो ।

रुमालमा पेन वा पेन्सिलले केही पनि नराख्नुस् । यसो गर्दा एकाग्रतामा कमी आउँछ ।आफ्नो रुमाल कसैलाई पनि नदिनुस् अनि अरूको रुमाल पनि नलिनुस् ।मधुरो रंगको रुमाल बोक्नुस् ।व्यवसायमा निरन्तर हानिको सामना गर्नुपरेको छ र निस्सन्तान हुनुहुन्छ भने पहेंलो रुमाल सदैव राख्नुस् ।

आयभन्दा बढी खर्च भइरहेको छ, बुवाको सम्पत्ति नाश भइरहेको छ र आमा हरसमय कष्ट बेहोरिरहनुभएको छ भने १२ वटा बदाम कालो रुमालमा बाँधेर फलामको भाँडोमा अँध्यारो कोठामा राख्नुस् अनि चारवटा काँचा नरिवल नदीमा बगाउनुस् ।मंगलवार रातो रुमाल गोजीमा राख्नुस् । हनुमानजी प्रसन्न हुुनुहुनेछ।

मंगलकाे व्यालेन्स नमिलेको अवस्थामा मांगलिक याेग निर्माण हुने गर्दछ जुन याेगले विवाह अघि तथा विवाहपछि नकारात्मक प्रभाव पार्ने गरेकाे शास्त्रमा उल्लेख गरिएकाे छ । श्रीमान् श्रीमतीमा हुने नकारात्मक सम स्याको मुख्य कारण भनेकै मंगलग्रह द्वारा बन्ने मांगलिक याेगले गर्दा नै हाे । पारिवारिक कलह, एक अर्काेमा मनमु टाव हुनु अलग अलग गरिकाबाट दुवै जना छुट्टाछुट्टै वस्नु लगाएतका समस्या शुक्रबार परिवर्तन हुनलागेको मंगल ग्रहकै कारणबाट हुने छ ।

मिथुन,कन्या,बृश्चिक तथा कुम्भ राशिका मानिसहरू विशेष सावधानी अपनाउनु पर्ने- जन्मिएको समयमा मंगल ग्रहकाे अवस्था राम्राे भएका हरुलाई यसकाे प्रभाव कम पर्ने छ । यस्ताे समयमा बृहस्पति ग्रहपनि वक्री भएकाले सम्बन्ध बिच्छेदकाे घटनामा निक्कै वृद्धि हुने र कानुनी प्रकृया पूरा गरेर स्वतन्त्र जीवन बिताउने मानिसहरु धेरै हुने मंगल तथा बृहस्पति ग्रहका कारणबाट हुने उल्लेख गरिएको छ । यसकाे प्रभाव १२ राशिमा पनि फरक फरक तरिकाबाट पर्ने हुदा विशेषगरी वृष,सिंह,धनु तथा मकर राशिका जातक हरुलाई यसले विशेष फाईदा पुर्याउने छ लक्ष्यलाई पूरा गर्ने अवसर पनि यहीँ समयमा हुने छ ।

मेष,कर्कट,तुला तथा मीन राशिका मानिसले निक्कै मेहनत पछि मात्रै कार्य पुराहुने याेग देखिएकाले हनुमानकाे पुजा तथा हनुमान चालिसा पाठ गरेमा केही सहजीकरण हुने छ । कार्यमा बल बुद्धिकाे तालमेल मिल्ने छ । मिथुन,कन्या,बृश्चिक तथा कुम्भ राशिका मानिसहरू विशेष सावधानी अपनाउनु पर्ने देखिएकाे छ ।

चाेटपटकाे याेग तथा धनमाल चाेरीहुने सम्भावना उच्च रहने छ । लामाे यात्रामा निस्किदा गणेश सं कट माेचन स्त्राेत्रकाे पाठ गराएमा शुभफलमा वृद्धि हुने छ । प्रसर तथा सुगरका राेगिहरुका लागि याे समय निक्कै कष्टकर रहने हुदा ग्रह शान्ति गराउनु भयाेभने फाईदा तथा शुभफल मिल्ने उल्लख गरिएको छ ।

प्रतिकृया दिनुहोस्