Sunday, September 19

पेटमा बोसो लाग्न थाल्यो ? त्यसो भए यी खानेकुरा खानुस्, पेटमा बोसो पगाल्नुस् !

March 19, 2021 564

काठमाडौँ । यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यसको सेवनले कस्तो असर पार्छ ।

बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।

१.लसुनः लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२.ग्रीन टीः केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।

३.केराःयदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।

४.पुदीनाः पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।

यस्ता गुण भएकी नारी घरमा छिन् भने मान्नुस् तपाईंको घर स्वर्ग समान

भनिन्छ एउटा सफल पुरुषको पछाडि एकजना असल नारीको भूमिका हुन्छ । हुनपनि असल नारी भएको घर नै स्वर्ग समान हुन्छ ।

शास्त्रले पनि यहि बताउँदै आएको छ की असल नारी कुनैपनि घरको गहना हो । यहाँ हामीले नारीमा हुनुपर्ने केही गुणहरु उल्लेख गरेका छौं । जुन गुण हुने नारीहरु भएको घर स्वर्ग समान हुन्छ ।

– जुन नारी मीठो बचन बोछिन्, जुन नारीको आवाज मधुर छ र हरेक क्षण मायालु बोली÷ब्यवहार दर्शाउँछिन् भने त्यस्ता नारी भएको घर स्वर्गसमान हुन्छ ।

– कुनैपनि घरमा आस्तिक, सेवा भाव राख्ने, क्षमतावना, दयावान र कर्तव्य पालना गर्ने नारी छिन् भने मान्नुस् त्यो घर स्वर्ग समान हुन्छ ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् त्यस्तो घर पनि सुन्दर बगैंचा जस्तै हुन्छ ।

– जो नारीले घरमा आएका पाहुनालाई हार्दिकताका साथ स्वागत गर्छीन् भने त्यो घरमा पनि देवताका बास हुन्छ ।

– अर्काको दुखमा सहयोग गर्ने नारीले पनि आफ्नो घर उज्यालो बनाउन सक्छन् ।

– जुन नारी हरेक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् भने त्यस्तो नारी भएको घर एकदमै आनन्ददायी हुन्छ ।

– पतिव्रत धर्मको पालना गर्ने नारी भएको घरमा पनि कहिल्यै झगडा पर्दैन ।

प्रतिकृया दिनुहोस्