Tuesday, September 28

जुन घरमा गरिन्छ यी ४ काम, सधैँ हुन्छ लक्ष्मीको वास

March 20, 2021 432

एजेन्सी । हिन्दु धर्मसँग जोडिएका केही यस्ता परम्परा वा काम छन्, ती कुरा ध्यान दिदा भगवान्को कृपा प्राप्त हुने विश्वास गरिन्छ। ती कामको प्रभावले गर्दा कहिलै दुख वा पीडाको सामना गर्नु नपर्ने विश्वास गरिन्छ। घरमा धन धान्यको कुनै पनि कमी नहुने धार्मीक विश्वास छ।जानिराखौँ ती काम:-

पुजा पाठ

जुन घरमा पुजा पाठसँग सम्बन्धीत साना कुरामा ध्यान राखिन्छ र नियमित रुपमा भगवानको सेवा गरिन्छ, त्यस्तो घरमा कुनै दुख पीडा नहुने विश्वास रहेको छ। पुजासँग जोडिएका शास्त्रीय निमयमको ध्यान राखेमा सकारात्मक उर्जा प्राप्त हुने तथा सुख समृद्धि आउने धार्मीक विश्वास छ।

तुलसी

तुलसीलाई शक्ति स्वरुपा मानिने गरिन्छ। जुन घरमा तुलसीको पुजा हरेक दिन हुने गर्दछ, उसको घरमा केही कुराको कमी नहुने विश्वास गरिन्छ। तुलसी रोप्दा घरमा प्रवेश गर्ने हावा पनि अमृत समान हुने गर्दछ। जुन व्यक्तिले बिहान चाडै उठेर तुलसीलाई जल चढाउछ, उसमाथि सधै विष्णु भगवानको कृपा रहने विश्वास गरिन्छ।

गोबर

गाईको गोबरलाई निकै पवित्र मानिने गरिन्छ। महाभारतको अनुशासन पर्वका अनुसार गाईको गोबर महालक्ष्मीको निवास हुने गर्दछ। त्यसैले जुन ठाउँमा गाईको गोबरले पोत्ने गरिन्छ, त्यो ठाउँ पवित्र हुने गर्दछ। साथसाथै माता लक्ष्मीको कृपा पनि मिल्ने गर्दछ।

मन्दिर

पश्चिम दिशा तर्फ मुख फर्काएर पुजा गर्नु अत्यन्तै शुभ मानिन्छ। त्यस्तै मन्दिरको ढोका यदी पूर्व दिशामा भए छन् राम्रो हन्छ। प्रवेश द्धारको ठिक अगाडि ईश्वरको मुर्ति भने कहिलै राख्नु हुँदैन्। घरमा मन्दिरको स्थापना गर्दा सबै भगवानको कृपा मिल्ने विश्वास गरिन्छ।

महिनावारी हुदाँ किन दुख्छ तल्लो पेट

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, सहनै नसकिने गरी तल्लो पेट दुख्नु भने समस्या हो । आजभोलि अधिकांश महिलामा पेट दुख्ने समस्या देखिन्छ, जसमध्ये पनि किशोरीहरू बढी पी’डित छन् ।

किशोरीहरूमा महिनावारी हुँदा सहनै नसक्ने गरी पेट दुख्नुका साथै
वाकवाकी लाग्ने, कम्मर वा ढाड दुख्ने, खान मन नलाग्नेजस्ता हुन्छ । यस्ता समस्याका कारण नियमित काम गर्नसमेत गाह्रो हुने गर्छ । दुख्ने कारण विभिन्न कारणले किशोरीहरूको तल्लो पेट दुख्ने गर्छ । त्यसमध्ये उनीहरूमा देखिने डि’स्मोनोरिया मुख्य हो । खासमा यो समस्या विनाकारण हुने गर्छ । प्राय जनेन्द्रियमा हुने यो रोग सेकेन्डरी फेजमा पुगेपछि यसले महिनावारी पी’डादायक बनाउने गर्छ ।

पाँचदेखि १० प्रतिशतमा कहिलेकाहीँ जनेन्द्रियमा कुनै समस्या नभए पनि डिस्मोनोरिया हुन्छ । दुखाइ कम गर्न खाइने पिल्स, एस्पोरिन, बु्रफिन, सिटामोल आदि औषधि यसका कारक मानिन्छ । यस्तो अहिले बढ्दो क्रममा छ । महिनावारी समयमा नहुनु, भए पनि र’गत धेरै बग्नु, यौ न स’म्पर्कका वेला पी’डा महसुस हुनु, बाँ’झोपन तथा अत्यधिक सेतो पानी बग्नु आदि पनि यसका लक्षण हन् ।

यस्तो समस्या औषधिले पनि तत्काल ठीक गर्दैन । योबाहेक पा’ठेघरमा ट्यु’मर र इन्फे’क्सन हुँदा पनि पेट दुख्ने समस्या हुन सक्छ । प्रजनन रोग, अण्डाशय तथा अण्डबाहिनी नलीमा समस्या आउनु, गर्भ्नि’रोधक औषधिको अनियमित प्रयोगले पनि पेट दुख्ने हुन्छ ।

समाधान
पेट दुख्ने विभिन्न कारण भएकाले पहिले त के कारण हो, पत्ता लगाउनुपर्छ । पेट तथा जनेन्द्रियको आन्तरिक परीक्षण, अल्ट्रासाउन्ड, ल्याप्रोस्कोपी परीक्षणबाट कारण पत्ता लगाउन सकिन्छ । पत्ता नलागेसम्म जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । तल्लो पेटको कडा मांसपेशी नरम बनाउन घरमै बसेर हलुका मालिस गर्न सकिन्छ ।

तातो पानी, कपडा वा अन्य केही तातो वस्तुले हलुकासँग पेट सेक्दा पनि केही हदसम्म राहत मिल्छ । अदुवापानी तताएर खाँदा दुखाइ कम हुन्छ । सकेसम्म साथीहरूसँग घुम्ने, कुरा सेयर गर्ने अनि आवश्यक आराम गर्ने गर्नाले पनि हलुका महसुस हुन्छ । डा आस्था श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ, वयोधा अस्पतालको सहयोगमा क्युरी न्यूज बाट ।

 

प्रतिकृया दिनुहोस्