Monday, June 21

यी चार राशि भएका व्यक्ति, जसले कमाउँछन् टन्नै सम्पति

March 21, 2021 2489

काठमाडौँ । हुनतः धनसम्पति कमाउन र धनी बन्न धेरै नै मेहनत गर्नुको विकल्प छैन । तर केही राशिहरुका लागि भने भाग्यमा नै धनी बन्ने संभावना हुने गर्दछ।

कतिपयले यसलाई किस्मत भन्दछन्। कुल १२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिन्छ। निम्न ४ राशिका ब्यक्तिले धेरै नै सम्पति कमाउँन सक्ने ज्योतिष विद्याका जानकारहरु बताउँछन।

१) वृष राशि

वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ । औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनिहरुलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।

२) वृश्चिक राशि

धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन्। यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ। ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन। दृढ निश्चयी भएका कारणले पनि सम्पति कमाउने मामलामा वृश्चिक राशिका ब्यक्ति आफैँ पनि मेहनत गर्दछन् भने भाग्यले पनि साथ दिने गर्दछ।

३) कर्कट राशि

कर्कट राशिका जातकलाई धन, सम्पति कमाउन भाग्यले नै साथ दिने गर्दछ। यी राशिका ब्यक्ति अवसरका खोजिमा हुन्छन्। जहाँ उनिहरुको रहर पूरा गर्न राशि नै सारथी बनिदिन्छ। कर्कट राशिलाई स्वभावतः धनी बनाउन उनिहरुको आकांक्षा र भाग्य बलियो हुने गर्दछ। यी राशिका ब्यक्ति जग्गाजमिनको कारोबारबाट चाडैं धनि बन्ने गर्दछन्।

४) सिंह राशि

सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौख हुन्छ। उनिहरु अन्य राशिका ब्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन्। साथै उनिहरुलाई सम्पतिको मामलामा राशिले पनि साथ दिने गर्दछ। महंगा कार, गरगहना, रुपैयाँ पैसाको चाहाना उनिहरुको सामान्यतयाः पूरा हुन्छ।

उल्लेखित सूचीमा तपाईको राशि समावेश छैन भने पनि चिन्ता नगर्नुहोस्। किनकी सम्पति वा नाम कमाउन आफ्नो मन, मष्तिष्क र मेहनतले नै पूरा गर्ने।

आज – ०८ चैत्र २०७७ आइतवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोआज श जाँगर वढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सौन्दर्यतामा धन खर्च भने बढ्न सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । साँझमा रमाईलो यात्रा हुन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था ठिकै रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफलयात्रा पनि हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पनि पूरा होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिकृया दिनुहोस्