Friday, July 30

यी दुई राशि भएकी युवतीसँग विवाह गर्ने पुरुष हुन्छन् अत्यन्तै भाग्यमानी

March 21, 2021 423

काठमाडौं । पति र पत्नी एक अर्काको परिपुरक मानिने गर्छन् भने धार्मिक रुपमा पनि पत्नीको पतिको जीवन सुधार गर्न ठुलै भूमिका खेल्ने उल्लेख गर्ने गरिन्छ। पति र पत्नी बीच हुने सामिप्यताले धेरै कुरामा असर गर्ने गर्छ। हरेक मानिसहरुको फरकफरक बानि मात्र मात्र नभई भाग्य पनि फरक हुने गर्छ। ज्योतिष शास्त्र अनुसार केही यस्ता राशि भएका महिलाहरु हुने गर्छन् जसले आफ्नो पतिको भाग्य चम्काउनको लागि ठुलो भूमिका खेल्ने गर्छन्।

मेष राशि, मेष राशि हुने महिलाहरु प्राय शान्त स्वभावका रहने गर्छन्। जसको पनि भनाइ धेरै गहन रुपमा सुन्ने बानी रहने भएका कारण यस राशिका महिलेहरु झगडा देखि पनि टाढा रहन्छन्। मेष राशि भएका महिलाहरु आफ्नो पतिलाई गल्ति देख्ने कुनै पनि मौका दिन नचाहने गर्छन्। आफ्नो पतिको धेरै ख्याल गर्ने हुँदा मेष राशि भएका पत्नी पाउने पुरुषलाई धेरै भाग्यमानी गरिन्छ। यस राशि भएका महिलाहरु आर्थिक रुपमा पनि बुद्धिमानी मानिने गर्छन्।

कन्या राशि, कन्या राशि हुने महिलाहरु आफ्नो हरेक जिम्मेवारी पूरा गर्न रुचाउने गर्छन्। यस राशिका महिलाहरु आफ्नो पतिको हरेक कार्यमा साथ दिने गर्छन्। आफ्नो दाम्पत्यजीवनमा धेरै खुशी रहने गर्छन्। आफु पनि छिटै खुशी हुने हुँदा पतिलाई दुखि हुने मौकानै दिदैंनन्। साथै यस राशि भएका महिलाहरुलाई व्यापार धेरै फाप्ने हुँदा पनि आफ्नो पतिको भाग्य चम्काउन धेरै सफल हुने गर्छन्।

आज – ०८ चैत्र २०७७ आइतवार को राशिफल
Daily

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जोआज श जाँगर वढ्नेछ । भौतिक साधन जुटाउने समय छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । सौन्दर्यतामा धन खर्च भने बढ्न सक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यमा बाधा आउनेछ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । साँझमा रमाईलो यात्रा हुन सक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कार्यक्षेत्रमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ, तर आर्थिक अवस्था ठिकै रहनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मुल्याङ्कन हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । पुनर्मिलनको योग रहेको छ । सफलयात्रा पनि हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पनि पूरा होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

 

प्रतिकृया दिनुहोस्