Monday, September 20

कोरोना संक्रमण तिब्ररुपमा फैलिन थाल्यो,यी स्थानमा लकडाउन र कर्फ्यु

March 23, 2021 875

काठमाडौं – भारतमा एकैदिन झण्डै ४४ हजार कोरोना संक्रमित थपिएका छन् । आज बिहानसम्मको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४३ हजार ८४६ जनामा कोरोना संक्रमण भएको छ भने २२ हजार ९५६ जना संक्रमणमुक्त भएका छन् ।संक्रमणमुक्त भएकाहरुको सङ्ख्याभन्दा संक्रमितहरुको सङ्ख्या झण्डै दोब्बर रहेकाले संक्रमितको अवस्थामै रहेकाहरुको कुल सङ्ख्यामा बृद्धि हुँदै गएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड १५ लाख ९९ हजार १३० पुगेको छ । यस्तै कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या एक लाख ५९ हजार ७५५ पुगेको छ । ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।सोही अवधिमा पन्जाबमा मात्रै एक हजार ५२९ जना संक्रमित भएका छन् । अहिले भारतको महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना संक्रमण तिव्र रुपमा फैलिएको छ ।

मध्य प्रदेशको भोपाल, इन्दोर र जबलपुरमा पूरै लकडाउन गरिएको छ भने महाराष्ट्रको नागपुरमा आउँदो १८ गतेसम्म लकडाउन लम्ब्याइएको छ । यस्तै गुजरात र पन्जाबका केही सहरमा रात्रिकालिन कर्फ्यु पनि लगाइएको छ । भारतमा अहिलेसम्म चार करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ ।

 

प्रतिकृया दिनुहोस्