Monday, April 19

गाला हेरेरै थाहा हुन्छ महिलाको स्वभाव, कोठी र डिम्पलले दिन्छ यस्तो संकेत

March 23, 2021 3083

हुन त सबैले मुस्कुराएको राम्रै देखिन्छ तर अझ महिलाले मुस्कान छोडेको चाहिँ गजबै देखिन्छ । प्रसन्न हुँदा महिलाको गालामा लालिमा आउँछ र छालामा एकखाले चमक देखिन्छ । गाला हेरेर कुन महिला कस्ती हुन् बताउन सकिन्छ ।

जुन महिलाको दाहिने गालामा कालो कोठी छ, ती धनी, वैभवशाली र चरित्रवान हुन्छिन् । यस्ता महिलाले आफ्ना आवश्यकताहरूलाई नियन्त्रणमा राख्छन्। उनीहरूले भौतिक सुख पनि पाउँछन्।

जुन स्त्रीको देब्रे गालामा कालो कोठी छ, उक्त स्त्री बुद्धिमान, शिक्षामा रुचि राख्ने र सौन्दर्यप्रति लगाव भएकी हुन्छिन्। जुन महिलाको गाला अनुहारको तुलनामा सानो हुन्छ, तिनी धनवान हुन्छिन् र परिवारमा प्रशंसाको पात्र हुन्छिन् । यस्ता स्त्रीले आफ्ना कार्य चतुरतापूर्वक गराउँछिन् ।

जुन महिलाको गाला आवश्यकताभन्दा बढी तल लोलिएको हुन्छ, ती स्त्री आफ्नो सासू, ससुरा र देवरका लागि अशुभ मानिन्छिन् । यस्ता महिलालाई खानामा विशेष रुचि हुन्छ ।

देब्रे गाला सानो भएकी महिलाको मृत्यु पतिभन्दा अघि हुन्छ । यस्ता स्त्री एकदमै शालीन र मिलनसार हुन्छन् ।

हाँस्दाखेरी गाला फुल्ने महिला मेहनती हुन्छन् । पचास वर्ष कटेपछि यिनीहरूले सुखप्राप्ति गर्छन् ।

हाँस्दाखेरी गालामा खाल्डो वा डिम्पल पर्ने महिला तीक्ष्णबुद्धि भएकी, विवेकशील, छिट्टोछिट्टो कुरा गर्ने तथा आफ्नो गतिविधिका कारण सबैको हृदयमा स्थान लिने खालकी हुन्छिन् । यस्ता स्त्रीले धेरैसँग प्रेम गर्छन्।

यस्ता संकेत देखिए हुन्छ धन लाभ

हिन्दू धर्म शास्त्र र विशेष गरि वास्तु शास्त्रमा शुभ र अशुभ कुराहरुको संकेतबारे व्याख्या गरिएको पाउन सकिन्छ ।

जीवनमा घट्न विभिन्न घटनाक्रमहरुबाट विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँलाई राम्रो गर्छन् कि नराम्रो भन्ने थाहा दिन्छन् । धन प्राप्तिका लागि कस्ता संकेत शुभ ?

१, यदि तपाइँको दायाँ हातको हत्केला चिलायो भने बुझ्नुस् तपाइँलाई धन हात पर्दैछ । बैंक जाने समयमा बाटोमा गाइ देख्नु भो भने तपाइँको काम पुरा हुन्छ ।

२, विहीबारको दिन कुमारी कन्या पहेंलो बस्त्रमा देख्नु भो भने तपाइँलाई धन लाभ हुन सक्छ ।

३, यदि कतै जाँदा सुन्दर स्त्री बाटोमा देख्नु भो भने पनि धनलाभ हुने सम्भावना हुन्छ । यदी पैसा हातबाट खस्यो भने तपाइँलाई धनलाभ हुन सक्छ ।

४, सपनामा हरियो घास , पात देखिएमा ।

५, यदि सपनामा मोती, मुङ्गा, हार जस्ता गहना देख्नु भो भने घरमा लक्ष्मीको बास हुन्छ ।

६, पैसाको कारोवार गर्न जान लाग्दा कपडा लगाउने समयमा खल्तीबाट पैसा खस्यो भने पनि राम्रो संकेत हो ।

७ विहान उठ्ने वित्तिकै ढोकामा भिखारी माग्न आएको छ भने तपाइँको माग्नु पर्ने पैसा नमागी उठ्छ ।

८, सपनामा कट्टु लगाएर कपडामा टाँक लगाएको देख्नु भो भने धन मात्र होइन सम्मान समेत मिल्न सक्छ ।

९ कतै जाँदा लोखर्केले बाटो काट्यो भने पैसा हात पर्न सक्छ ।

१० सपनामा फूल नास गरेको देख्नु भो भने यसले पनि धन प्राप्तिको संकेत गर्छ ।

११ सपनामा मुत्र, वीर्य, वा दिशा देख्छ उसलाई पनि धन प्राप्ति हुन सक्छ ।

१२ सपनामा उँट देख्नु भो भने यसबाट पनि धन प्राप्त हुने संकेत मिल्छ ।

१३, तपाईले मन पराएको गुरु ,जोगी वा धर्मात्मीक ब्यक्ती देखिए ।

१४, सपनामा कुनै निर्दोष ब्यक्तिले मुद्धाबाट सफाइ पाएको देख्नु भो भने धन प्राप्त हुन सक्छ । सपनामा तपाइँको छातीमा कसैले चलाएको वा कन्याएको देख्नु भो भने पनि धन हात लाग्ने संकेत हो ।

१५ विहान शंखको आवाज सुनिए पनि लाभ हुने मान्यता रहेको छ ।

प्रतिकृया दिनुहोस्