Thursday, November 26

बोक्सीको आरोपमा आफ्नै छोराले ९० वर्षीया आमालाई कुटपिट गरि मार्यो

November 1, 2020 165

बो क्सीको आ रोपमा आफ्नै छोराद्वारा नि र्घात कुटिएकी ९० वर्षीया सुदामादेवी साह सोनारको मृ त्यु भएको छ । दसैँको अर्को दिन सिराहाको कर्जन्हा नगरपालिका–३ की ९० वर्षीया सोनारलाई आफ्नै छोराले बो क्सीको आ रोपमा कुटपिट गरेर मलमूत्र खुवाउने प्रयास गरेका थिए ।

छोराको कुटपिटबाट गम्भिर घाइ ते भएकी उनलाई सुरुमा उपचारका लागि जनकपुर लगिएको थियो । कुट पिटबाट उनको घाँटी थिचिएको र घाँटीको हड्डी मोडिएकोले ९० वर्षको उमेरमा हड्डीको सुधार हुँदैन भन्दै अस्पतालले डिस्चार्ज गरिदिएको थियो ।

बृद्धाको स्वास्थ्य अवस्था गम्भिर बनेपछि थप उपचारका लागि उनलाई सिराहा अस्पताल पुर्‍याए लगत्तै शनिबार मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार आमालाई कुटपिट गर्ने कान्छो छोरा राम अवतार साहलाई प क्राउ गरी थप अनुसन्धान थालिएको छ । साहलाई मिर्चैया प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

मृत क बृद्धाको श व सिराहा अस्पतालको श वगृहमा राखिएको र आइतबार पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. नागेन्द्र प्रसाद यादवले बताए । मेसु डा. यादवका अनुसार बृद्धाको स्वास्थ्य अवस्था नाजुक भएको प्रहरीमार्फत् थाहा पाएपछि सिराहा अस्पताल ल्याउन भनिएको थियो ।

‘अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउन नपाउँदै उहाँकाे गेटमै मृ त्यु भइसकेछ’ डा. यादवले भने, ‘बृद्ध उमेर, कु टपिटबाट घाँटीको हड्डी भाँचिएको कारणले मृ त्यु भएको अनुमान गरिएको छ, यद्यपि पोष्टमार्टम गरेर त्यसको रिपोर्ट आएपछि मात्र यकिन भन्न सकिन्छ ।’

अस्पताल पुर्‍याए लगत्तै मृ त्यु भएकी बृद्धाको दुवै हातको औंठामा मसी लागेको पाइएको कर्जन्हा-३ का वडाध्यक्ष कपलेश्वर यादवले बताए । ‘कुट पिट गरी दुर्व्य वहार गर्ने कान्छो छोरा रामअवतारले १२ कात्तिकको राती ९ बजेतिर दोस्रो पल्ट उपचारका लागि जनकपुर लैजाने बेलामै बृद्धाको औंठा छाप लगाएको हुन सक्ने आशंका छ’ वडाध्यक्ष यादवले भने, ‘बृद्धाको हकभोगमा रहेको करिब पाँच कठ्ठा ऐलानी जमिन ह त्याउने उद्देश्य हुन सक्छ ।’

प्रहरी नायव उपरीक्षक पौडेलले भने मृ तकको हातको औंठामा मसी लागेको विषयमा थाहा नभएको बताए । पतिको नि धन पछि उनी एक्लै बस्दै आएकी थिइन् । दुई छोरा आ–आफ्नो परिवारसहित अलग रहेको र तीन छोरीहरुको विवाह भएपछि बृद्धा एक्लै बस्दै आएकी गाउँलेहरु बताउँछन् ।

११ कात्तिकमा रामअवतारले आफ्नी बुहारी मनिषा साह सोनारको खुट्टामा भएको घाउ निको बनाउन पहल नगरेको भन्दै आमाको घाँटी थिचेर कुटपिटसहित दुर्व्य वहार गर्नुका साथै मलमूत्र खुवाउने असफल प्रयास गरेका थिए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालले आमालाई कुट पिटसहित दुर्व्य वहार गर्ने छोरा रामअवतारलाई छानबिनका लागि नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको बताए ।

source:edeurali

प्रतिकृया दिनुहोस्