हामीले फेसियल गर्ने त भन्छौँ, तर यस्तो फेसियल कस्तो हुन्छ, कति प्रकारका हुन्छन्, कस्तो छालामा गर्ने भन्ने जानकारी हुनुपर्छ। तर जुन अनुहारमा धेरै मेकअप गरिन्छ, छालामा समस्या छ र धेरै फोहोर छ भने त्यस्तो व्यक्तिले चाँडो फेसियल गर्नुपर्छ ।
फेसियल गर्दा राम्रो जानकारी नहुँदा हामीले झन अनुहारलाई बिगारी रहेको हुन्छौँ । त्यसैले आज हामी तपाईलाई अनुहारमा सिधै प्रयोग गर्न नहुने केही चिजका बारेमा जानकारी दिदैछौँ । यो सामाग्री ब्युटिसियनसँगको कुराकानीका आधारमा तयार पारिएको हो।
अनुहारमा नलगाउनुहोस् यी चीज
१) कागती
यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।
२) सिरका
भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।
३) बियर
बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ।
४) बेकिंग सोडा
यसमा पाईने अल्केलाइड्सले छालाको पीएच लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग-धब्बा बन्छ र चमक कम हुन्छ ।
५) पुदिना
यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।
६) सुन्तला
सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।
प्रतिकृया दिनुहोस्