Sunday, November 29

कुन कुन पक्षमा नेपाल भारतभन्दा अघि रहेको छ ?हेर्नुहोस !

November 1, 2020 92

भारत वा गणतन्त्र भारत पौराणिक जम्बुद्वीप, दक्षिण एसियामा अवस्थित एउटा देश हो । भौगोलिक दृष्टिले विश्वको सातौँ ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश भारतको जनसङ्ख्या १२० करोड भन्दा बढि छ जुन चीन पछिको विश्वको दोस्रो सबैभन्दा धेरै हो ।

भारत नेपाल भन्दा जनसंख्यामा ४५ गुणा र क्षेत्रफलमा २२ गुणा ठुलो छ । कुल, गाह्र्रस्थ्य उत्पादनको हिसाबले भारतको अर्थतन्त्र विश्वमा पाचौँ ठुलो मानिन्छ । तर नेपालको अर्थतन्त्र विश्व बैंकका अनुसार अन्ठानव्यौँ स्थानमा पर्छ ।

यति हुदाँ हुदैँ पनि नेपाल भारत भन्दा कैयौ कुरामा अगाडि छ । ति मध्ये केहि विषयबस्तुमाथि आज हामी र्चा गर्दै छौँ । हामीलाई अन्तिमसम्म हेर्नुहोला ।

१. देशको स्वतन्त्रता : उपनिवेश थियो भारत जबकी नेपाल कहिशल्यै कसैको अधिनमा रहेन । सधेैँ स्वतन्त्र रह्यो । हालको भारतिय भुमि लामो समयसम्म बिट्सि राज्यको उपनिवेश रहन बाध्य भयो । भारतिय भुमि सत्रौं शताब्दिमा उपनिवेश बन्न सुरू भएको थियो । अंग्रेजहरूले त्याहाँका राज्य रजौटाहरूलाइ कतै बलले कतै छलले क्रमश आफ्नो अधिनमा ल्याउदैँ गए सन् १८ ४० सम्ममा पुरै भारतिय भुमि अंग्रेजको उपनिवेश बनिसकेको थियो । यता नेपालको भने स्वतन्त्रताको गौरव पुर्ण इतिहास छ । दक्षिण एसियालि मुलुक मध्ये कसैले पनि उपनिवेश बनाउँन नसकेको एक मात्र राष्ट्र हो नेपाल । यद्यपी यसका लागि इतिहासमा नेपालले ठुलै मुल्य चुकाउनु परेको थियो । सुगौलीसन्धीका नाममा देशको झन्डै एक तिहाइ भुभाग नेपालले गुमाउनु परेको थियो । जुन भुमि अझै पनि भारतिय हुकुमत भित्र रहेको छ ।

२ हिमशिखर : विश्वमा ८००० मिटर भन्दा अग्ला हिमालको संख्या १४ छ । ति मध्ये ८ वटा नेपालमा पर्छन भने भारतमा एउटा पनि पर्दैन । यध्पी भारतमा पनि अरूणाअन्चल , सिकिम, उत्तराखण्ड, हिमाल्चल,जम्मुकश्मीर राज्यमा हिमालय क्षेत्र पर्छ ७ हजार माथिका हिमालको कुरा गर्ने हो भने यस्ता हिमशिखरको संख्या नेपालमा ४२ छ । जबकी भारतमा पर्ने यस्ता हिमालको संख्या ३७ छ ।

३ देशको प्रचीनता : पौराणिक राजा भरतको राज्य क्षेत्र भनेर भारतलाइ अथ्र्याउदा यसको इतिहास निकै पुरानो देखिन्छ । तर खासमा हालको भारत देश सन् १९४७ को अगष्ट पन्धमा मात्र अस्तित्वमा आएको हो । त्यस अगि यो अग्रेज साम्राज्य अन्तरगत थियो । अंग्रेजले कव्जा जमाउनु अगि भारतिय भुमिमा एक दर्जन भन्दा बढि स्वतन्त्र राज्यहरू अस्तित्वमा थिए । उनहरू बीच आपसमा शत्रुतापूर्ण सम्बन्ध थियो । बेला बेलामा लडाइ भैरहन्थ्यो । आपसी शत्रुताको फाइदा अंग्रेजहरूले उठाएका थिए । नेपाल शब्द पौराणिक काल भन्दा पनि अगि बैदिककालदेखि प्रचलनमा छ । तर आधुनिक नेपाल राज्य राजा पृथ्वीनारायण शाहाले शुरू गरेको एकीकरण अभियान सुरू भएसँगै अस्तित्वमा आएको हो । नेपाल अंग्रेज बीच भएको सुगौली सन्धीमा नेपालका राजा इस्ट इन्डिया कम्पनि बीच चिरस्थाइ शान्ति र मैत्री कायम रहने उल्लेख छ । यो सन्धीमा नेपालले ४ मार्च १८१६ मा हस्ताक्षर गरेको थियो । यसलाइ मात्रै आधार मान्ने हो भने पनि नेपाल भारत भन्दा पुरानो देश पुष्टि हुन्छ । विभिन्न एैतिहासिक तथ्यहरूले नेपाल देशको प्राचिनतालाइ बौदिककाल सम्म पुर्याउछ । सबैभन्दा पहिले नेपाल शब्दको उल्लेख अथर्ववेदमा भएको पाइन्छ । इ.स ३७० मा जन्मिएको मानिएका आचार्य चाण्क्यको अर्थशास्त्रमा पनि नेपाल राज्यको उल्लेख पाइन्छ । दक्ष शिलाका आचार्य उनि मगत राज्यसँग सम्बन्ध राख्थे मगत राज्य हालको भारतिय भुमिमा पर्छ । चाण्क्यको समयमा भारत नामको कहि कतै अस्तित्व थिएन ।

४. औसत आयु : संयुक्तराष्ट्रसघंको मानव विकाश सुचांक अनुसार नागरीकको औसत आयुमा नेपाल भारत भन्दा अगि छ । मानव विकाश सुचांक २०१९ अनुसार नेपालीको औसत आयु ७० दशमलव ५ वर्ष छ भने भारतियको औसत आयु ६९ दशमलव ४ वर्ष रहेको छ ।

५. जलस्रोत : विश्वमा जलस्रोतको धनि देश भनेर ब्राजिललाइ चिनिन्छ । त्यसपछि दोस्रो स्थानमा नेपालको नाम आउँछ हुनत देशमा भएको कुल जलस्रोतको हिसाब गर्ने हो भने ब्राजिल पहिलो नम्बरमा रहेकै अवस्थामा नेपाल बीसौ नम्बरमा पर्छ । तर त्यसको कुल क्षेत्रफलको अनुपातमा हिसाब गर्ने हो भने नेपाल भारत मात्रै हैन ब्राजिल भन्दा पनि अगाडि देखिन्छ । ब्राजिलमा प्रतिवर्गकिलोमिटर क्षेत्रफल बराबर पानिको भन्डार ९७ करोड लिटर पर्छ भने भारतमा अन्ठाउन्न करोड लिटर पर्ने आउछ । जबकि नेपालमा प्रतिवर्गकिलोमिटर क्षेत्रफलमा पानिको भन्डार ४ अर्ब ३३ करोड लिटर पर्ने आउछ । भारतले विश्वको कुल जनसंख्याको १८ प्रतिशत ओगट्छ । भने जलस्रोतमा ४ प्रतिशंत जबकी नेपालले विश्वको कुल जनसंख्याको जम्मा शुन्य दशमलव ३७ प्रतिशत मात्रै ओगट्छ, भने जलस्रोतले २ दशमलव ३ प्रतिशत ओगट्छ ।

६. जङगल वन सम्पदा : देशको कुल भुभागको तुलनामा वन जङगलले ढाकेको कुरा गर्ने हो भनेपनि यसमा भारतलाइ नेपालले उछिन्छ । भारतमा कुल भुभागको एकाइस दशमलव ६७ प्रतिशंत जमिन जङगलले ढाकिएको छ । भने नेपालमा कुल भुभागको ३७ दशमलव ४ प्रतिशंत भुमि जङगलले ढाकेको छ । वातावरणीय सन्तुलनकालागि कुल जमिनको ३३ प्रतिशंत भुभाग जङगलले ढाकिएको हुनुपर्छ । यो पक्षमा नेपाल सफल देखिएको छ । भने भारत असफल ।

७. हिन्दु धर्म : जब अंग्रेजले आफु मातहतको भारतिय भुभागलाइ टुक्याएर हिन्दुस्थान र पाकिस्थान नामका २ अलग अलग देश बनाइदिए त्यतिबेला हिन्दुस्तानमा परेको क्षेत्रमा बस्दै आएका अधिकांश मुसलमान पाकिस्तानमा सरे भने पाकिस्तानम परेको क्षेत्रका अधिकांश हिन्दु हिन्दुस्थानमा सरे त्यति हुदाँ हुदैँ पनि भारतको कुल जनसंख्याको जति प्रतिशंत हिन्दु छन् । त्यस भन्दा बढि प्रतिशंत नेपालमा छन् । सन २०११ को जनगणना अनुसार भारतमा कुल जनसंख्याको ७९ दशमलब ८ प्रतिशंत हिन्दु छन् जबकि नेपालमा कुल जनसंख्याको ८१। ३ प्रतिशंत हिन्दु छन् ।

८. बौद्ध धर्म : भारतका प्रधानमन्त्री लगायतका नेताहरूले बुद्ध आफ्नो देशमा जन्मेको झुटो दाबी पटक पटक दोह्रोर्याउदै आएका छन् । बुद्ध भारतमा जन्मेको प्रचार त झुटनै हो । के साचो हो भने बुद्धको बुद्धत्व प्राप्ति र प्रथम उपदेश भारतिय भुमिसँग जोडिएका छन् । भने महापरी निर्माण पनि भारतिय भुमिमानै भएको हो । बुद्धले बुद्ध बनिसकेपछिको अधिकांश समय हाल भारतमै पर्ने भुमिमै बिताएका थिए । यति हुदाँ हुदैँ पनि कुल जनसंख्यामा बौद्ध धर्मालम्बीको हिस्सा भारतमा भन्दा नेपालमा धेरै छ । भारतमा बौद्ध धर्मालम्बीहरूको संख्या कुल जनसंख्याको शुन्य दशमलव ७ प्रतिशंत छ । जबकी नेपालमा बौद्ध धर्मालम्बीको जनसंख्या कुल जनसंख्याको ९ प्रतिशंत छ ।

९. शैचालय प्रयोग : भारतमा शैचालय निर्माणलाइ मोदि सरकारले अभियानकै रूपमा संचालन गरेको छ । प्रधानमन्त्री मोदिको यो अभियानलाइ सहयोग पुर्याउन अक्षय कुमारले ट्वाइलेट एक प्रेमकथा नामक फिल्मनै खेले यति हुदाँ हुदैँ पनि यति हुदाँ हुदैँ पनि नागरीकको शैचालय सम्मको पहुँचमा नेपालले भारतलाइ पछि पारेको छ । नेपालमा शैचालय सम्म पहुँच हुने जनताको प्रतिशंत ९९.३ पुगेको छ । जबकी भारतमा यो प्रतिशत ८९ मात्रै छ । हुनत नेपालले पनि शैचालय सम्मको पौच बढाउन शैचालय अनुदानको व्यवस्था गरेको छ । त्यति मात्र नभएर वृद्ध भत्ता एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता लिन पनि घरमा अनिवार्य शैचालय बनाउनु पर्ने शर्त राखिएको छ । यसै कारण पनि नेपालमा शैचालय निर्माणले गति लिन पुगेको छ ।

source:samacharpati

प्रतिकृया दिनुहोस्