Saturday, October 23

नेपालमै यस्तो गाउँ जहाँ महिलाहरु जान्छन् विदेश, घर कुरेर बस्छन् पुरुष !

March 29, 2021 376

सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङका ३६ वर्षीय भीमबहादुर लोप्चनको १७ वर्षको कलिलै उमेरमा छिमेकी राममायासँग बिहे भयो । शुरुका केही दिन त हाँसखेलमै बिते । वर्ष बित्दै गयो तर बच्चा बसेन । उनीहरुमा एक खालको त’नाव पैदा भयो । उनीहरुका धेरै प्रयास असफल भए । यसैगरी झण्डै १० वर्ष बिताए ।

एकदिन राममायाले क’ठोर निर्णय लिएर अर्को बिहे गर्न भीमबहादुरलाई सुल्झाइन् । उनले पनि सहजै स्वीकारे । अन्तत राममायाले आफ्नै श्रीमनको बिहे बहिनी मोतिमायासँग गराइन् । बिहे गराउनुको एउटै कारण थियो बच्चा जन्माउनु । बच्चा भयो भने त्यो परिवारमा छुट्टै खुशी आउँथ्यो । तीन वर्ष अघि एउटा छुट्टै संयोग बन्यो ।

दुवैको केही महिनाको अन्तरालमै ग’र्भ बसेपछि भीमबहादुर तीनछक परे । तीन वर्ष अघि राममाया र मोतीमायाले आठ महिनाको अन्तरालमा एक एक छोरा जन्माए । बच्चा हुँदैन भनेर बूढीले बहिनीसँग बिहे गराइदिइन्, आखिर आठ महिनाको फरकमा बच्चा पायो । मन्द मुस्कानसहित भीमबहादुर त्यो क्षण सम्झिए । छोरा सुदीप र प्रवीन अहिले नजिकैको स्कूलमा कक्षा एकमा पढ्छन् ।

छोराहरु श्रीमानलाई छाडेर दुवै श्रीमती वैदेशिक रोजगारीका लागि अहिले कुवेतमा छन् । निःशुल्क भिसामा उनीहरु दुई वर्ष अघि विदेश गएका हुन् । दुवैजना घरको काम गर्छन् । यता भीमबहादुर दुई छोराको रेखदेख गरी घर कुरुवा बनेका छन् । आफू पनि विदेश जाने चाहना थियो तर भूकम्पले घर भत्काएकाले निर्माणको चरणमा भएर नगएको उनले सुनाए ।

गाउँका धेरै महिला विदेश : भीमबहादुरकी दुई श्रीमती, पेम्बाकी एक श्रीमती मात्रै होइन, कान्छा भाइ निक्मा लोप्चनको श्रीमती सविना पनि कमाइका लागि विदेशमै छिन् । छिमेकी मिलन तामाङकी श्रीमती सलमायाँ पनि कुवेत गएको निक्कै समय भयो । छिमेकी एक जनाको यसैगरी विदेश जाँदाजाँदै आपसी वि’वाद हुँदा दुवै श्रीमतीले छाडेको उनीहरुले बताए ।

सानुकान्छी तामाङकी छोरी सुनमायाँ पनि वैदेशिक रोजगारीका लागि दुबई गएकी छिन् । सेलाङ गाउँमा रहेका १९ भूकम्प प्र’भावित परिवारका छ जना महिला वैदेशिक रोजगारीमा छन् । उनीहरुका श्रीमान् घर रुँगेर बस्छन् । गाउँलेका अनुसार पुरुषहरु गाउँमा भए पनि जुगल गाउँपालिकाका धेरै महिला विदेशिएका छन् ।

कानूनमा के छ : विगतको मुलुकी ऐनमा श्रीमान् वा श्रीमतीबाट बच्चा नभएको प्रमाणित भएमा, न’पुङ्सक भएमा, तीन वर्षसम्म एक अर्कालाई छाडेमा, पा’रपाचुके भएमा अर्को बिहे गर्न पाइने उल्लेख थियो । मुलुकी अ’पराध संहिता २०७४ को परिच्छेद ११ को विवाह स’म्बन्धी क’सुरमा भने ब’हुविवाह ब’दर हुने र ब’हुविवाह गर्नेलाई कै’द स’जायको कानूनी व्यवस्था छ ।

उक्त क’सुर अन्तर्गत द’फा १७५ मा विवाहित पुरुषले वैवाहिक स’म्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ । यसरी विवाह गर्ने वा गराउनेलाई एक वर्षदेखि पाँच वर्षसम्म कै’द र रु १० हजारदेखि ५० हजारसम्म ज’रिवाना हुने र बिहे स्वत ब’दर हुने उल्लेख छ ।

उक्त क’सुरको द’फा १७३ मा २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने र गरेमा तीन वर्षसम्म कै’द र रु तीन हजार ज’रिवाना तथा विवाह ब’दर हुने उल्लेख छ । हद म्याद भने तीन महिनाको छ । का’नूनमा का’रवाहीको व्यवस्था भए पनि ग्रामीण भेगमा भने का’नूनबारे जानकार नहुँदा बच्चामै बिहे हुने र ब’हुविवाह हुने क्रम भने रोकिएको छैन । नारायण ढुङ्गाना जनापाती डटकम बाट ।

प्रतिकृया दिनुहोस्