Friday, July 30

यी ४ राशिका लागि फलिफाप छ चैत महिना, तपाईको कुन ?

April 7, 2021 678

२०७७ साल चैत महिनाको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.)
मेष राशि हुने व्यक्तिको लागि यो महिनामा अल्लि बढी दौडधुप पर्नेछ । र पनि केही उपलब्धि एवं व्यवसायिक लाभ हातपार्न सकिने छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.)
वृष राशि हुने व्यक्तिको लागि यो महिना अल्लि संघर्षकर देखिएको छ । रपनि महिनाको शुरु र तेस्रो हप्तामा उपलब्धि एवं सफलता मिल्ने छ ।

मिथुन (का.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथुन राशि हुने व्यक्तिको लागि यो महिनामा आशा अपेक्षा अल्लि बढी हुने तर उपलब्धि कम हुनेछ । आएको आश्वासनको पूरा भरोसा नगरेको सुखकर हुनेछ ।

कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशि हुनेहरूको लागि यो महिना उन्नति एवं उपलब्धिमूलक रहने छ । विशेष कामकार्यमा केहीहद्सम्म सफलता मिल्ने छ । केही महत्त्वपूर्ण अवसर प्राप्ति हुनेछ । पेशागत प्रतिष्ठा बढ्ने छ ।

सिंह (म.मि.मु.मे.मो.ट.टि.टु.टे)
सिंह राशि हुने व्यक्तिको लागि यो महिना केही सुधारात्मक छ । विशेष चाहना गरेको काममा अड्चन आएपनि दैनिकी कार्यमा सफलता मिल्ने छ । दैनिक व्यवसायिक कर्ममा उन्नति हुनेछ ।

कन्या (टो.प.पी.पु.ष.ण.ठ.पे.पो)
कन्या राशिको लागि यो महिना धेरै अनुकूल देखिएको छैन । संघर्ष एवं स्वास्थ्यमा ज्वरो एवं पित्तविकार जन्य स्वास्थ्यमा प्रतिकूलताको भय देखिएको छ । निकै ख्याल गर्नुहोला ।

तुला (रा.री.रु.रे.रो.त.ति.तु.ते)
तुला राशि हुनेहरूको लागि पनि यो महिना त्यति सहज देखिएको छैन । बढी महत्त्व दिएको काममा रोकावट आउनसक्ने भएकोले कार्ययोजना गराउँदा विचार पुर्याउनु उचित हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.य.यी.यु)
बृश्चिक राशि हुने व्यक्तिको लागि यो महिना तपाईको पक्षमा छ । अधुरा कामकार्यहरुलाई पूर्णता दिन सकिने छ । तथापि व्यक्तित्त्व एवं कर्मक्षेत्रको प्रतिष्ठा बचाउन हौंस्याहट्लाई संयम गर्न जरुरी देखिएको छ ।

धनु (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.)
धन राशि हुनेहरूको लागि यो महिना केही सुधार भएको छ । रपनि विशेष मानिएका कामहरुमा अड्चन आउने छ । सामान्य कामकार्यहरुमा भने केही सफलता मिल्ने छ ।

मकर (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी)
मकर राशिको लागि यो महिना बढी चाहना गरेको काममा अवरोध तर खासै विचार नगरेको काम बनेर उपलब्धि मिल्ने छ । विद्यार्थीहरुले जुक्तिको प्रयोग गरेकोखण्डमा अध्ययनमा सहज हुनेछ।

कुम्भ (गु.गे.गो.स.सी.सु.से.सो.द)
कुम्भ राशि हुने व्यक्तिहरूको लागि यो महिना मिश्रित रहने छ । शारीरिक जोशजाँगर बढेर आउने, कामकार्यमा मन लाग्ने र केही काममा सफलता हात पार्नसकिने छ । शारीरिक परिश्रमबाट सम्पादन गरिने कार्यहरु सफल हुनेछन् ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
मीन राशि हुनेहरूको लागि यो महिना उन्नतिकर रहने छ । सामान्यतया केही पक्षमा तनाब महसूस भएपनि अधिकांश पक्षमा अनुकूल एवं सफलताप्रद देखिएको छ ।

यो पनि- चम्किदै छ यी ४ राशिको भाग्य

शुक्र ग्रह सौर्य मण्डलमा सूर्यबाट दोस्रो ग्रह हो। यस ग्रहको सतह चट्टानले बनेको छ र यसको वायुमण्डल कार्बन्डाईअक्साइड् र बिषालूसल्फ्युरिक् एसिडले बनेको हुन्छ।

पृथ्वीको सामान्य तापक्रममा सल्फ्युरिक् एसिड तरल अवस्थामा हुन्छ तर शुक्र ग्रह यती तातो छ की शुक्र ग्रहमा भएको सल्फ्युरिक एसिड वाष्पीकरण भएर ग्यासको रूपमा पाइन्छ। हरित गृह प्रभावका कारण यो ग्रह सौर्य परिवारको सबै भन्दा तातो ग्रह बनेको छ जसका कारण पृथ्वीमा बस्ने कुनै पनि सजीव वस्तु त्यहाँ जीवित रहने कल्पना समेत गर्न सकिँदैन।

यसको वायुमण्डलमा रहेको बाक्लो बादलका कारण यस ग्रहको सतह राडारको सहायताले मात्र पहिल्याउन सकिन्छ। शुक्र ग्रह आकारमा पृथ्वीभन्दा अलिकति मात्र सानो छ । पृथ्वीको व्यास १२ हजार आठ सय किलोमिटर छ भने शुक्रको व्यास १२ हजार १०२ किलोमिटर छ । शुक्र ग्रह सूर्यबाट १० करोड ८२ लाख आठ हजार नौ सय किलोमिटरको दूरीमा रहन्छ ।

यसले सूर्यलाई एक पटक घुम्न आठ महिना अथवा २२४ दिन १६ घण्टा लगाउँछ । सूर्यबाट नजिकाएको हुनाले यसको सूर्यपट्टि फर्केको सतह निकै तातो हुन्छ । यो ग्रहको सतहमा चार सय डिग्री सेल्सियससम्म तापक्रम हुने कुरा वैज्ञानिकहरूले पत्ता लगाएका छन् ।

यस ग्रहलाई अङ्ग्रेजीमा वेनु (Venus) भनिन्छ जुन रोमन माया र सुन्दरताकीदेवी वि नसको नामबाट राखिएको हो।

शुक्र ग्रह पृथ्वीको आकाशबाट प्रायजसो सधैँ देखिन्छ तर बिहान सबेरै र सूर्यास्तको केही क्षण पछि राम्रो सँग देखिन्छ।

यो ग्रह पृथ्वीबाट आकाशमा देखिने वस्तु मध्ये सूर्य र चन्द्रमा पछिको सबै भन्दा चम्किलो वस्तु हो। यसलाई कहिले काहीँ पर्ता तारा र the “Evening Star” पनि भनिन्छ किन भनेँ यो ग्रह प्रायजसो यी नै समयमा देखा पर्छ र जबसम्म बाइनाकुलर् वा दूरदर्शक यन्त्रको प्रयोग गरिँदैन तब सम्म यो ग्रह तारा जस्तै देखिन्छ।

साँझमा पश्चिम दिशातर्फको आकाशमा अलिक माथि हेरेको खण्डमा निकै चम्किलो आकासिए पिण्ड देखिने छ । एकनासले प्रकाशित भइरहेको त्यो पिण्ड नै शुक्र ग्रह हो । यसरी नै यो ग्रह कहिले सूर्योदयभन्दा अगाडि पूर्वी आकाशमा पनि देखिन्छ । त्यसैले लोक बोलीमा यसलाई बिहानी तारा पनि भनिन्छ ।

चैत २ गते राति १ बजेर ५८ मिनेटमा शुक्र ग्रह कुम्भ राशि छाडेर मिथुन राशिमा प्रवेश गर्दैछ । जस्का कारण तपाईको जीवनमा सकरात्मक परिवर्तन आउनेछ । शुक्र ग्रह, सुगन्ध, आकर्षण र कलाको कारक हो । त्यसैकारणले यी ४ राशिहरुलाई फाईदा पुग्दैछ ।

१) मिथुन राशि

२) कन्या राशि

३)मीन राशि

४) धनु राशि

प्रतिकृया दिनुहोस्