काठमाडौं । नेपालमा कोरोना संक्रमित शुन्य रहेका ३ वटा जिल्लाहरु रहेका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालका ३ जिल्लामा कोरोना संक्रमित शुन्य रहेको बताएका छन्
कोरोना संक्रमण मुक्त ३ जिल्लाहरु
मनाङ
मुस्ताङ
बाजुरा
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९६० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ हजार ६२० रहेको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको छ । यो कुल संक्रमितको ७६.७ प्रतिशत हो ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ ।हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।हालसम्म १४ लाख ५६ हजार ३६६ वटा पीसीआर नमुना परीक्षण भएको छ ।
प्रतिकृया दिनुहोस्