Sunday, September 19

पेटमा बोसो लाग्न थाल्यो ? त्यसो भए यी खानेकुरा खानुस्, पेटमा बोसो पगाल्नुस् !

April 7, 2021 655

काठमाडौँ । यदि तपाई शरिरको तौल घटाउन बजारमा पाइने औषधी प्रयोग गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् त्यसको सेवनले कस्तो असर पार्छ । बजारमा पाइने केमिकल युक्त औषधीको प्रयोगले फाइदा भन्दा धेरै बेफाइदा गर्छ । त्यसकारण यस्तो अवस्थामा शरिरको बोसो घटाउन केमिकलयुक्त औषधी भन्दा प्राकृतिक उपायबाट उपचार गर्नु राम्रो हुन्छ ।

१.लसुनः लसनु एक प्राकृतिक चिज हो । जसले एन्टी बायोटिक र सुगरलाई नियन्त्रण गर्नुको साथै शरिरमा बोसो जन्म दिँदैन् । त्यसकारण हरेक दिन खानामा लसुनलाई प्रयोग गर्नु उपयुक्त हुन्छ ।

२.ग्रीन टीः केही समयदेखि निकै लोकप्रियता पाएको ग्रिन टि स्वास्थ्यको लागि लाभदायक रहेको छ । जसमा क्याटेचिन्स नामको यौगिक तत्व हुने भएकाले शरिरमा भएको अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ ।

३.केराःयदि तपाईलाई फास्ट फुड खाने बानी लागेको छ भने यी खानेकुरा खान छोडेर केरा खाने गर्नुहोस् केरामा भरपुर मात्रामा पाइने पोटासियमले तौल कम गर्न मद्दत गर्छ ।

४.पुदीनाः पुदिनाको प्रयोगले पनि पेटको बोसो कम गर्न मद्दत गर्छ । त्यसको लागि एक कप मनतातो पानीमा पुदिनाको केही पात हालेर राख्ने । त्यसमा मह मिसाएर पिउने गर्ने । यसरी दैनिक पुदिना पान सेवन गर्ने गर्दा पेटको बोसो कम हुन्छ ।

चिकित्सकीय तर्क : गर्भवतीसँग शारीरिक सम्बन्ध राख्ने कुन समय उपयुक्त ?

काठमाडौं । सबै गर्भवती महिलाहरु पेटमा गर्भ बसेको समयमा निकै सतर्कता अपनाउछन् । त्यस्तो अवस्थामा सामान्य चोट लाग्दा पनि बच्चा खेर जाने सम्भावना धेरै हुन्छ । त्यसकारण महिलाहरु विषेश सावधानी अपनाउन चाहन्छन् । त्यहि कारण हुनसक्छ अधिकांश महिला एवं पुरुषहरु गर्भवती रहेको समयमा शारीरिक सम्पर्क राख्न चाहदैनन् ।

कतिपयले महिला गर्भवती भएको तीन महिनापछि शारीरिक सम्पर्क गर्नु हुन्न भन्छन् । तर, मेडिकल साइन्स उक्त मान्यतासंग सहमत छैन । चिकित्सकका अनुसार गर्भवती भएको बेला महिलाको शरीरमा हर्मोनहरु अदल बदल भइरहेको हुन्छ । यो अवस्थामा महिलालाई शारीरिक सुखभोगको भोक बढी हुन्छ । कतिपय महिलाहरुले गर्भवती हुँदा गरिएको शाररीक सम्पर्कमा बढी आनन्द प्राप्त गर्दछन् ।

चिकित्सकका अनुसार शारीरिक सम्पर्क केबल एकछिनको रमाईलो मात्रै हैन । श्रीमान श्रीमतीविच नजिक हुने महत्वपूर्ण अवसर पनि हो । यो अवस्थामा महिलाको शरीरमा रक्तसञ्चारको गती बढी हुन्छ त्यसकारण पनि महिलाहरुले यस्को आनन्द बढी लिन्छन् ।

चिकित्सकको भनाई अनुसार गर्भवती महिलासंग जुनसुकै समयमा पनि शारीरिक सम्पर्क राख्न सकिन्छ । अवश्य पनि सम्पर्क राख्नका लागि दुई जना नै तयार हुनुपर्छ । तपाँईले आफ्नो जीवनसाथिसँग शारीरिक सुख खोज्दै हुनुहुन्छ तर साथि तयार छैन भने त्यस्तो सम्बन्धले दिर्घकालीन असर गर्ने कतिपयको बुझाई रहेको छ ।

 

प्रतिकृया दिनुहोस्