Tuesday, November 24

सरकारको बिरोधमा प्रदर्शनमा उत्रियो नेविसंघका नेता–कार्यकर्ताहरु

November 1, 2020 80

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले संगठनका नेता–कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरेर झुठा मद्दा लगाइएको भन्दै आइतबार दिउँसो प्रदर्शन गरेको हो ।

षडयन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेर यातना दिएको र झुठा मुद्दा लगाएको विरोधमा प्रदर्शन गरिएको महामन्त्री दीपक भट्टराईले जानकारी दिए । उनकाअनुसार नेविसंघले काठमाडौंको भृकुटीमण्डपको प्रदर्शनी मार्गमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा नेविसंघका नेता–कार्यकर्ताहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाईदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ लगायतका नारा लगाएका थिए ।

सुरुमा झण्डा, ब्यानर र प्लेकार्ड सहित बाल्मिकी क्याम्पसभित्र जम्मा भएका नेता तथा कार्यकर्ताहरु सडकमा निस्किएर काणसभा गरेका थिए । सरकारको चर्को आलोचना गर्दै कोणसभाका वक्ताहरुले इतिहासमै ओली नेतृत्वको जस्तो गैरजिम्मेवार र भ्रष्ट अर्को सरकार नबनेको बताए ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

source:online pana

प्रतिकृया दिनुहोस्