पानी अमलाबारे केही जानकारी दिदै छौ ।विभिन्न रोगको औषधी हाम्रै घर वरीपरी पाखा पखेरीमा प्रसस्तै पाइन्छन् । गाउँ घरमा हुने त्यस्ता जडिबुटीहरु कतिपय हामीले पहिचान गर्न सकेका हुँदैनौं भने कतिपय थाहा पाउँदा पाउँदै पनि प्रयोग गर्ने तरिका नजानेर खेर गइरहेका छन् ।
औषधी गुण भएको पानी अमलाबारे कतिपयलाई थाहा छैन होला तर कतिपयले सेवन पनि गर्नुभएको छ होला । पानी अमला वन जंगलमा पाइने एउटा वनस्पति हो । जंगलमा पाइने एक किसिमको झार भनेर पनि चिनिन्छ जसको जमिन मुनि फलेको दाना औषधिको रुपमा प्रयोग गर्न सकिन्छ ।
जसलाई भिभिन्न ठाउँअनुसार पानी अमला अर्थात भुइँ अमला पनि भन्ने गरिन्छ कतिपय ठाउँमा अन्य नामले पनि चिन्नुहुन्छ होला जुन नामले चिने पनि आखिर यसको केही फाइदा हेरौँ।
औषधी गुण भएको पानीअमलाको प्रयोग कसरी गर्ने यसको काम वा फाइदा के त ?
पानी अमलाको सिङ्दो भाग वा दानालाई सुकाएर पिंधेको धुलोलाई ४–५ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुनेछ साथै ताजै बोटलाई पनि पिँधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । यो मधुमेहका रोगीका लागि पनि लाभदायक मानिन्छ ।
source:khabarsampurna
प्रतिकृया दिनुहोस्