Thursday, November 26

ओटीटीमा रिलिज गर्न लागिएकोअक्षय कुमारको फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा पनि रिलिज हुने

November 1, 2020 101

 

राघव लरेन्सद्वारा निर्देशित ,अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा पनि रिलिज गरिने भएको छ ।शुरुमा यो फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । करणी सेनाको वि रोधपछि फिल्मको नाम ‘लक्ष्मी’ मात्र राखिएको थियो ।

यो फिल्म डिज्ने हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुँदैछ । बलिउड सितारा भएको यो फिल्म सीधै ओटीटीमा रिलिज गर्न लागिएको हो ।

यो फिल्म भारतका सिनेमा घरमा रिलिज नभए पनि विदेशका केही सिनेमा घरमा भने प्रदर्शन हुने जनाइएको छ ।यस फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर दर्शकले रुचाएका छन् । रिलिजअघि फिल्म चर्चामा छ ।

प्रतिकृया दिनुहोस्